सङ्घीय प्रेस फोरम इलामको अध्यक्षमा केदेम निर्वाचित

इलाम : संङ्घीय प्रेस फोरम, नेपाल इलामको प्रथम जिल्ला सम्मेलनबाट ज्ञानु केदेम लिम्बू निर्वाचित भएका छन् । इलाममा सम्पन्न सम्मेलनले लिम्बूको अध्यक्षतामा ११ सदस्यीय नयाँ जिल्ला समिति सर्वसम्मत चयन गरेको छ ।
federal-press-forum-3जिल्ला सम्मेलन आयोजक समितिका संयोजक राम योङहाङको अध्यक्षतामा सम्पन्न सम्मेलनले उपाध्यक्ष मणिप्रसाद राई,  सचिव आन्छुमे नसान, सहसचिव ताराविर लिम्बू र कोषाध्यक्षमा सुमिना वनेमलाई चयन गरेको छ ।

सदस्यहरू सङ्सेमी माङयुङ, सुनिल शेर्मा, रोचक लिम्बू, जीवन लिम्बू र सृष्टि खापुङ निर्वाचित भएका छन् । बाँकी एक जना समितिले मनोनित गर्ने नवनिर्वाचित अध्यक्ष लम्बूले जानकारी दिए ।

नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई सम्मेलनका प्रमुख अतिथी तथा संघीय प्रेस फोरमका केन्द्रिय उपाध्यक्ष एवं लिम्बुवान इञ्चार्ज पिबि दियालीले निर्वचित भएको प्रमाणपत्र हस्तान्तरण गर्दै विधानबमोजिम सपथ गराएका थिए ।

federal-press-forum-1उपाध्यक्ष दियालीले नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई संगठनको तर्फबाट बधाई तथा शुभकामना दिदैं पहिचान र अधिकारका लागि संघीय प्रेस फोरममा गोलबन्द हुँदै कलम चलाइरहन आग्रह समेत गरे । ‘पत्रकारिता पेसा आफैमा चुनौतिपूर्ण पेसा हो तर पनि उत्पीडित र उपेक्षित जनताको पक्षमा अडिग भएर कलम चलाउन आग्रह गर्दछु’  सम्बोधन गर्दै उपाध्यक्ष दियालीले भने, ‘नेपालको मिडिया पहिचान र अधिकारको विषयमा पक्षपाती छ जसले गर्दा पछिल्लो समय पत्रकारिता पेसामाथि प्रश्न समेत उठिरहेको छ तर पनि तपाईं हामी सधैं स्वतन्त्र पत्रकारिताको पक्षमै अडिग रहनुपर्छ ।’
federal-press-forum-2

सम्मेलनको बन्द सत्रमा जिल्ला सम्मेलन आयोजक समितिका सचिव ज्ञानु केदेम लिम्बूले सांगठानिक र आर्थिक उपसमितिका संयोजक सङसेमी माङयुङले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

सम्मेलनमा संघीय समाजवादी फोरमका केन्द्रीय परिषद सदस्य तथा जिल्ला उपाध्यक्ष डिबि बस्नेत, लिम्बुवान पदेश सदस्य छिकिन तामाङ, इलाम जिल्ला सदस्य सुनिल देवान, समाजवादी विद्यार्थी फोरम इलामका सदस्य सुजन तामाङ, समाजवादी विद्यार्थी फोरम महेन्द्ररत्न वहुमुखी क्याम्पस समिति अध्यक्ष राम लिङदमलगायतले मन्तव्य राखेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार