चेतन आङथुपो
चुलाचुली : विद्यार्थीको लागि पठ्न संस्कृति विकासको लागि सचेतना गराउन चुलाचुलीस्थित-७ आइतबारे स्थित चुलाचुली रंगमञ्च र गाउँमा पुस्तकालयले खुल्ला प्रतिभा कार्यक्रम सम्पन गरेको छ ।
गाविसभरकै विद्यालयमा रहेका बाल क्लव मध्ये बालज्योति साथिसाथि बाल क्लव, हातेमालो बाल क्लव, किरातेश्वर बाल क्लव, चुलाचुलि बाल क्लव, अंन्तु बाल क्लवबाट ३१ जना विद्यार्थीहरूले सहभागी लिएका थिए । कार्यक्रममा अभिनय, गायन, चित्रकला, नृत्य, कविता, निवन्ध विधामा २५ जनालाई उत्कृष्ट प्रतिभाशालि विद्यार्थीको छनोट गरिएको थियो ।
प्रशंसा-पत्र, डायरी र पुस्तक दिएर विद्यार्थीको हौसला प्रदान गर्न पुरस्कार कार्यक्रमका प्रमुख अतिथि सेवा मञ्च नेपालका अध्यक्ष नरेन्द्र कुमार वान्तवाद्वारा वितरण गरिएको थियो । जेम्स लिम्बूको संयोजकत्वमा समापन कार्यक्रम सन्तोस गिरीले सञ्चालन गरिएका थिए ।