इलाम : किरात राई विद्यार्थी संघको आठौं राष्ट्रिय सम्मेलन इलाममा हुने भएको छ । ‘पूर्ण संघीयता र वैज्ञानिक शिक्षाका लागि विद्यार्थी आन्दोलन, किरात स्वायत्त राज्य निर्माण गर्न गाउँ जागरण अभियान’ भन्ने मूल नाराको साथ सम्मेलन हुने भएको हो ।
राई विद्यार्थी संघ राई समुदायको साझा विद्यार्थी संगठन हो । संघका केन्द्रीय अध्यक्ष अर्जुन जम्नेली राईले इलाममा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराएका हुन । सम्मेलन मंसिर २६, २७ र २८ गते हुने पत्रकार सम्मेलनमा अध्यक्ष राईले बताए ।
सम्मेलन सफल गर्न अध्यक्ष अर्जुन जम्नेली राईको संयोजकत्वमा ५३ सदस्यीय आयोजक समिति र प्रतिवेदन लेखन, विधान संशोधन, आर्थिक, अतिथि सत्कार लगायतको १३ वटा उपसमिति गठन भएको सम्मेलनमा संयोजक राईले बताए ।
अठार वटा जिल्लामा समिति रहेको संघको सम्मेलनमा ६ सय प्रतिनिधि पर्यवेक्षक सहभागि हुने संघले जनाएको छ । उद्घाटन कार्यक्रममा गायक कुवेर राई, चर्चित गायीका पार्वति राई लगायत आकर्षक नृत्य, साकेला, च्याब्रुङ लगायतको झाँकीहरु प्रस्तुत हुने बताइएको छ ।
सम्मेलनमा नयाँ संविधान घोषणाहुदा पनि किन किरात स्वायत्त राज्य आएन भन्ने विषयमा गम्भीर समीक्षा हुने वितपरित प्रेस विज्ञप्तिमा उल्लेख छ । किरात राज्य प्राप्तिको आन्दोलकै रुपमा सम्मेलन गर्ने उल्लेख छ ।
पहिचान सहितको संघीय राज्य स्थापनाको आन्दोलनमा किरात राई विद्यार्थी संघ सडक संघर्षमै रहेको र धर्मनिरपेक्षता, समानुपातिक÷समावेशी राज्य कायम नभएसम्म आन्दोलनमै रहने विज्ञप्तिमा उल्लेख छ ।
संविधान संशोधन वा पुनरलेखन मार्फत किरात स्वायत्त राज्य नभए आन्दोलन चर्केर जाने बताइएको छ । थानीय निकायको पुनःसंरचना सरोकारवालाहरुको सहभागितामा १००० वरिपरी संख्या बनाइ गाउ पालिकाहरुको नाम स्थानीय समुदायको पहिचान खुल्ने गरी राखेर नयाँ संरचनामै निर्वाचन हुनुपर्ने विज्ञप्तिमा उल्लेख छ ।
स्ववियु निर्वाचन जातीय जनसंख्याको आधारमा पूर्ण समानुपातिक निर्वाचन प्रणालीको आधारमा तत्काल गर्न माग गर्दै भूकम्प पीडित र असोज २८ गते बहमाईस्थित माइखोलामा ढुड्डा दुर्घट्नाका मृतक परिवारलाई तत्काल राहत वितरण गर्न माग गरेका छन् ।
प्रस्तावित किरात स्वायत्त राज्यमा प्रसाशनिक सहजताको लागि किरातीहरुको भाषा र मनोविज्ञान बुझ्ने प्रमुख जिल्ला अधिकारी पठाउन, भाषामा पठानपाठन सुरु भएको विद्यालयका शिक्षक कोटाको व्यवस्था गर्नुपर्ने विज्ञप्तिमा उल्लेख छ ।
पत्रकार सम्मेलनमा संघका उपाध्यक्ष उत्तम राई, सल्लाहाकार दिपेनबाला राई, यायोक्खा इलाम उपाध्यक्ष राम चाम्लिड्ड राई, सचिव होमबहादुर राई, पूर्वकेन्द्रीय उपमहासचिव जेबि राई, झापा दमकका समाजसेवी प्रबिन चाम्लिड्ड राई, किरात राई विद्यार्थी संघ जिल्ला अध्यक्ष ओपेन्द्र राई लगायतको उपस्थिति रहेका थिए ।
संघका केन्द्रीय तथा जिल्ला पदाधिकारीहरु र यायोक्खा पदाधिकारीहरुवीच सम्मेलन भब्य बनाउने सम्बन्धमा छलफल भएको थियो । अन्तरक्रिया कार्यक्रमपछि संघका अध्यक्ष अर्जुन जम्नेली राईको हातबाट महेन्द्ररन्त बहुमुखि क्याम्पस इलामबाट भित्तेलेखन समेत सुरु भएको थियो ।