लिम्बू विद्यार्थीको अन्तराष्ट्रिय महासम्मेलन कात्तिकमा

Limbu student forumजीवन लिम्बू

इलाम अस्तित्वका लागि एकता भन्ने नाराका साथ लिम्बू विद्यार्थीहरुको अग्रणी संस्था लिम्बू विद्यार्थी मञ्चले आगमी कात्तिकमा २, ३ र ४ गते झापाको दमकमा ऐतिहासिक प्रथम अन्तराष्ट्रिय महासमम्मेलन गर्ने भएको छ ।

मञ्चको आयोजना र सत्यहाङ्गमा कोलोनी दमक झापाको मुख्य प्रायोजनमा सम्पन्न हुने महासम्मेलनमा एसियन, युरोप र अमेरिकाका दर्जन भन्दा वढि मुलुकका लिम्बू विद्यार्थिहरुको सहभागिता हुने जनाइएको छ ।

संसारभरका लिम्बू विद्यार्थीहरुलाई संगठित गरि छाता संगठन गर्ने उद्देश्यले आयोजना गरिएको महासम्मेलनको विभिन्न मुलुकमा वसोवास गरिरहेका लिम्बू विद्यार्थी विच अनुभव आदानप्रदान, आत्मियता वन्धुत्व र सम्पर्क विस्तार गर्ने, लिम्बू भाषा, लीपि, संस्कृति, इतिहास, परम्परा, पहिरन मुन्धुम र लिम्बूवान सम्वन्धी साझा धारणा निर्माण गर्ने, लिम्बु मातृभाषामा परम्परागत ज्ञान, सीप, मुल्य, मान्यतालाई विज्ञान प्रविधिसँग जोड्ने, शिक्षा वारे साझा धारणाको विकास र दीर्घकालिन नीति तथा निर्माण गर्ने उद्देश्यले महासम्मेलनको आयोजना गरिएको मञ्चका संयोजक आङवोहाङ्ग अवोध अविरल बताए ।

कार्यक्रमा नेपाल, भारत, (दार्जीलिङ्ग, सुखिम, आसाम), भुटान, वर्मा, वेलायत, हङकङ, अमेरिका, जापान लगायतमा रहेको लिम्बू विद्यार्थीहरुको सहभागिता रहने आयोजक समितिले जनाएको छ ।

माहासम्मेलनको पहिलो दिन कार्तिक दुई गते दमक नगरमा केलाङ (च्याब्रुङ नाच) माङलाङ सहित बृहत र्याली र नेपालका प्रधानमन्त्रिद्धारा कार्यक्रमको समुद्घान, सांस्कृतिक झाकी , लिम्बू भेषभुषा प्रदर्शनी र सम्मान कार्यक्रम तथा दास्रो दिन लिम्बू भाषा, लीपि, संस्कार, संस्कृति र मुन्धुमका विषयमा नेपाल र नेपाल वाहिरका विज्ञहरुद्धारा कार्यपत्रहरु प्रस्तु हुने र कार्तिक चार गते घोषणा पत्र जारी गरि, पत्रकार सम्मेलन, अतिथि मेजमान र विदाई कार्यक्रम रहेको जनाइएको छ ।

महासम्मेलनमा नेपाल, भारत अमेरिका लगायतका विश्वविद्यालयका प्राध्यापक, साहित्यकार, कलाकार, संगितकार, अभिभावक, शुभेच्छुक र सञ्चारकर्मिहरुको उपस्थिति रहने समितिका आर्थिक संयोजक फिपराज वेघाले वताए ।

लि.वि मञ्च लिम्बू मातृभाषामा व्यवाहारिक शिक्षा र निकट भुतको ऐतिहासिक पृष्ठभुमीका आधारमा लिम्बू जातिको थाकथलो जोडिएको अरुण पूर्वका नौ जिल्लालाई लिम्बूवान राज्यको रुपमा पुर्नस्थापना गर्न आन्दोदनरत मञ्चले पहिलो पटक अन्तराष्ट्रिय महाधिवेशनको आयोजना गरेको हो ।

लिम्बू समुदाय र समग्र आदिवासीहरुको हक हितका निम्ती निर्विकल्प संस्थाको रुपमा स्थापित मञ्चले संसारभरिका लिम्बू विद्यार्थीहरुलाई संगठित गर्ने लक्ष्य राखेको महाधिवेशन आयोजक समितिले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार