चेतन आङथुपो
साकफारा (इलाम) : पूर्व मावा खोला र पश्चिम नुनसरी खोलाको मध्यभाग तोरिबारी उकालो हुँदै गोरेटो बाटो भेटिन्छ, चुलीको पाखा हुँदै खनिएको बाटोको ट्रयाक ठाउँ–ठाउँमा खसेको पहिरोले अवरुद्ध बनाएको छ । यहि बाटो ५ देखि ८ घण्टा पैदल हिँडेपछि इलामको पश्चिम गाविस साकफाराको दुर्गम भूगोल पुगिन्छ । सुवासचन्द्र नेम्बाङले तीन पटक सम्म निर्वाचन जितेको क्षेत्र नम्बर २ पर्ने यस गाविसका धेरै सर्वसाधारणले पुस्तौ देखि भोग्दै आएको समस्याहरु छन् । विकासको पूर्वाधारहरुले पछि परेका यस गाविसको संक्षेप्त चिनारी यस्तो छ ।
सात सय ५९ घरधुरी रहेको साकफारा गाविसको प्रोफाइल अनुसार कुल जनसंख्या ४ हजार एक सय ५२ रहेको गाविस सचिव रविनप्रसाद दाहालले बताएका छन् । ‘भौगोलिक विकटताको कारण हिउँदमा मावा खोलाबाट गाडी चल्दा सहज हुन्छ, नत्र भेलेटार हुदै घुम्नुपर्छ, २ देखि ३ घण्टा पैदल हिडेर सेवाग्राही गाविस आउने स्थिति छ, त्यसमा व्यवस्थित कार्यालय भवन छैन, बाटो, विजुली छैन, दशमी, फुङनाम र तोरिबारी तीन ठाउँलाई केन्द्र मानेर जनताको सेवा दिँदै आएको छु ।’
उनले भने, ‘२०७/०७३ को आर्थिक बर्षमा गाविसमा बार्षिक विकास बजेट १५ लाख १९ हजार विनियोजित भएको छ ।’ लक्षित वर्ग अन्तर्गत शीर्षकमा दश प्रतिशत निकासा हुने गरेको बजेट लक्षित वर्गका समिति निष्क्रिय रहेकाले उक्त शीर्षकको बजेट गत बर्षहरुमा स्थानिय पूर्वाधारमा लगानी हुने गरेको गाविस कार्यालय सहयोगी कविता राईले बताइन् ।
दर्जन सामजिक संस्थाको अगुवाइमा रहेकी शुसिला तामाङ्ग (कार्की) भन्छिन्, ‘पछिलो समय “गरिवीसँग विश्वेश्वर कार्यक्रम” जिल्लाबाट परिचालित यस कार्यक्रमले २० घरलाई आर्थिक उपार्जनको लागि बाख्राको बिउ वितरण गरेका छ ।’ उनले थपिन ‘गाविसभर ५ कृषि सहकारी संस्था सक्रिय छन् । त्यसमा फुङनाम कृषि सहकारी, तोरिबारी कृषि सहकारीको समन्वयबाट काम भइरहेको छ ।’
शिक्षा क्षेत्रको विकास :
साकफारा गाविसभरि जम्मा १३ वटा विद्यालय मध्ये एक उच्च माध्यमिक विद्यालय दुई मावि, एक निमावि र नौ वटा प्रावि रहेका छन् । साकफारा दशमीस्थित मिक्लाचोङ माविका प्रधानाध्यापक डिकबहादुर राई भन्छन्, ‘पूर्वाधार सुविधा नभएपछि आवश्यकता महसुस भइ–भइ पनि प्रविधि (कम्प्यूटर) शिक्षा सञ्चालन ल्याउन नसक्नाले कम्प्यूटरको सैद्धान्ती शिक्षाको ठाउँमा अंग्रेजी व्याकरण पढाउनु परेको छ ।’
बाटो, विधुत्त र सौर्य ऊर्जाको सुविधा नरहेकाले सबै जसो विद्यालयमा प्रविधि (कम्प्यूटर) शिक्षा लागु हुन सकेको छैन । फुङनाम स्थित वि.स.२०१९ मा स्थापना भएको राष्ट्रियप्रेमी उमावि ०६९ सालमा उमावि सञ्चालनमा रहेको छ । समस्या र चुनौतीसँग आठ लाख ढलवटपछि सञ्चालनमा रहेको उच्च माविमा शिक्षा संकाय अध्ययपन गराउँदै आएको छ । उक्त विद्यालयमा भने विजुली रहे पनि कम्प्युटर कक्षा सञ्चालन गर्न समस्या रहेको स्थानीय शिक्षकहरु बताउँछन् ।
भूगोलको कारण टाढा र पातलो बस्ती रहेकाले विद्यार्थीहरु धेरै मात्रमा आधा घण्टा देखि ३ घण्टाको पैदाल हिँडेर पढ्न आउने गरेको पाइन्छ । आर्थिक सम्पन भएकाका छोराछोरी डेरालिएर अन्य ठाउँ पढ्न जाने गर्छन्, निम्न आर्थिक भएकाहरु स्थानिय विद्यालयमा उच्च शिक्षा लिन बाध्य बनेका छन् ।
लघुविधुत्तय र संचारको विकास :
नेपाल सरकारको मुख ताकेर भएन यहाँ विजुली बल्छ भन्ने विश्वास स्थानिय जनताहरुले पत्याइ दिएनन्, रातदिन भोक, प्यास नभनी जनतालाई बुझाउन लागिपरे साकफारा–३ का स्थानिय अगुवा भक्तराज श्रेष्ठ भन्छन्, ‘२०६५ सालतिर लअमअ गैरसंस्थाले अफिसको मापदण्ड अनुसार पानीको सतह जाँच गर्न सहजिकरण र सर्वक्षणपछि ५४ कि.वाट लघु विधुत्तको उत्पादन गर्ने सकिने लागतको स्टामेट समेत तयार गर्ने सहयोग गरे ।
आरआरएन नामक गैरसंस्थाले १४ सय मिटरको दुई सय २५ एमएमको पाएप अनुदान गरे । वैकल्पीत ऊर्जा प्रबन्ध केन्द्रले प्रति किलोवाट एक लाख २५ हजार बराबर ४५ लाखको बजेट अनुदान गरे । थप मर्मत सामग्री र प्रविधि ढुवानी शीर्षकमा ६ लाख अनुदान समेत उपल्व्ध गराएको छन् । यता जनताले श्रमदान बाहेक ३० लाख बजेट संकलन गरे । तीनवटा ट्रान्समिटर २५ र ५० को खरिद गर्न पुग्यो ।
साकफारा–४ स्थित “मावा खोला लघु जलविधुत आयोजना” को पावर हाउस कार्यालय मात्र राखेनौं दुई व्यक्तिलाई समेत स्वरोजगार मिलेको छ, उक्त लघु जलविद्युत परियोजना बाट २ सय उपभोत्ताहरु लाभन्तीत हुन पुगेका छन् ।’ घर संख्याको आधारमा महसुल बुझाउँदै आएका साकफारा गाविस १,२,३,४ र ५ बडामा विजुली बाल्न थालेको ७ बर्ष भयो, वडा नं. ६, ७, ८ र ९ वडामा भने उक्त लघु विधुत पुग्न सकेको छैन । श्रैष्ठ थप्छन्, ‘हिजोका दिनमा पत्याएनन्, सहमतीमा आउन चाहेनन्, पैसा खान्छ भनेर, त्यसमा भौगौलिक समस्या पनि छ ।’
गाउँमै र आफ्नै घर नजिकको खोलाबाट विजुली बल्न थालेपछी अहिले जनताको लागि डिजलबाट चल्ने मिलमा विजुली बाट तीन वटा मिल छ । गाउँलेहरुले मोवाइल चार्ज गर्न, रंगिन टि.भि हेर्ने सपना पुरा भए पनि यहाँ संचारको लागि भने सुविधा छैन, स्काइ मोवाइल बाहेक अन्य मोवाइलमा नेटवर्क नै आउने ठाउँ छैन । यहि कारणले संचार र प्रविधि संग फाकफारा गाविस निकै पछी रहेको पाइन्छ ।
“मावा खोला लघु जलविधुत आयोजना” का वर्तमान अध्यक्ष गोपाल राइले भने, ‘दुग्र्रम गाउँ बाटोको सुविधा राम्रो छैन् मर्मत गाह्रो हुन्छ भनेको वेला उपभोत्ताहरुले उज्यालो पाउँदैन, त्यसअवस्थामा स्थानीय कोषमा ६ लाख रुपैयाँ हिमालय बैंकमा खाता खोलेको छौ, बुटवलको नर्थ कम्पनीले टेण्डर काम गरेकाले प्रविधि त्यहीबाट सहयोग हुने गर्छ ।’
भूगोल समाज र पर्यटकिय क्षेत्र :
उत्तर र दक्षिण फैलिएको फुङनाम बजारको भुगोल नेपालको नक्सा जस्तै देखिन्छ । साकफारा गाविसको लेक नछुने फुङनाम बजार पर्यटकिय हिसावले सम्भावना क्षेत्र मानिन्छ । पर्यटकिय मिक्लाचोङ्ग संगै जोडिएको मध्यहावापानी रहेको भूगोल, त्यसमा चारैतिर उच्च पहाडी थुम्का र खोला, चिया, अम्लिसो, अलैचीको स्रोत मानिने ठाउँमा पर्छ । १ सय दश घर धुरी संख्या भएको फुङनाम नेवारको बहुल्याता रहेको भए पनि क्षेत्री, राई, तामाङ, मगर, दमाइ लगायतको मिश्रित समुदाय रहेको पाइन्छ । पश्चिमबाट धेमे र पूर्वबाट लुकुवा पहिरो अनि दक्षिणबाट वुवा खोलाको वीचमा रहेको फुङनाम २०४७/०४८ साल देखि बजारमा दर्ता हुन पुग्यो ।
जातिय विभेद नरहेको यस समुदायमा विवाहको हिसावले समान देखिन्छ । १४ घर धुरी रहेको आसेटार फुङनाम देखि आधा घण्टा पैदाल हिड्नु पर्छ, चार घर मगर जातिहरु र्नै यस बस्तीको रैथानेहरु हुन । यस गाउँमा थप राइ जाति मात्र छन् ।
चारैतिर पहाडको फेदीमा देखिने यो आसेटार गाउँ तीनतिरकै पहिरोबाट जोखिम अवस्थामा रहेको पाइन्छ । फुङनाम र आसेटारवासीको लागि मधुमल्लाको सोमबारे बजार नै मुख्य बजारमा पर्छ । चार घण्टाको चुली डाँडा र मावा खोलाको बाटो हुदै आवश्य उपभोग्य वस्तु किनमेल गर्न मधुमल्ला नै झर्नु स्थिति रहेको स्थानिय गोविन्द मगरले वताएका छन्।
गोरेटो देखि बाटो सम्मको ऐतिहास :
वि.स. १९५३ साल देखि पुर्खौली बसोबास गर्दै आएका फुङनाम रैथाने नरेन्द्र श्रेष्ठ भन्छन्, ‘मावा र नुनसरी खोलाको साकफारा–१ तोरीबारी हुदै उकालो खनिएको चुली गोरेटो सुरुवात गाउँबाट शिक्षक हेमराज विष्टले विद्यार्थीहरुलाई २०१५ सालतिर “नेपाली काग्रेस जिन्दावाद बीर दवलसिंह जिन्दावाद” संयुक्त आवजमा “चुलीको बाटो हुनुपर्छ” नारा पहाडको कन्दराभरि त्यतिवेला नै गुञ्जीएको थियो, जतिवेला म नारायण ज्योति प्राविमा पढ्दै थिए ।’
हालको मधुमल्ला, तोरिबारी, फुङनाम हँदै रवि सडक” लाई नयाँ तथा शिक्षा मन्त्री नरेन्द्र प्रधानले ०२६ सालमा शिल्न्यास गरेको बाटो २०२९ सालमा सिक्रे ठाउँ सम्म डोजर ल्याए डोजर नै भीर बाट खसेपछी काम ठप्प हुन पुग्यो ।
२०३८ सालतिर भगौतीदास श्रेष्ठ राष्ट्रिय पञ्चायत सदस्य भएवेला आर्थिक समिति सदस्यमा रहेर ४ लाख बराबरको खाद्यन्न उपलव्ध गराए, त्यही खाद्यन्न बेचेर बाटोको नक्सा उर्तान इन्जिनियर (प्राविधि) मा खर्च गरे, त्यहीवेला हिरालाल विश्वकर्मा ले तोरिबारीमा बसेर श्रम परिचालन गरे, पाँचथरमा रहेर नरेन्द्र प्रधानले साहूमाजनबाट अन्न, पैसा र चन्दा संकल्न गरे, पदम सुन्दर लावतीले समेत पाँचथर राँके देखि आमचोक, फुयतपा, रवि बाटोको ट्रेक जोड्ने प्रस्ताव गरे, यही अभियानमा लव प्रधानले समेत सहयोग गरे ।
त्यसपछी, मधुमल्ला, साकफारा हुदै रबि जोडाउन पाँचथरका लक्षुमण चेम्जोङको अध्यक्ष मा बाटो अनुगमन तथा पहल समिति गठ्न गरे, बाटोको ट्रयाक जोडाउन पैसा कताबाट ल्याने सोचमा रहेका समितिले जनताहरुबाट श्रमदान सहित १ लाख ६० हजार पैसा जम्मा गरे उनले पनि जनताको पैसा बोकेर हिड्यो, । मनजानी निर्णय गरि समितिका सदस्यको हस्ताक्षर लिएर व्यक्तिगत दुनो सोजाउने व्यवहारले ३ बर्ष बाटोको काम अलपत्र हुन पुग्यो ।
पञ्चायतवेला सांसद बनेका नवलकेमी राइले भने,‘कुनै बेला बाँझो र साकफारा गाविस धनकुटा, मोरङ्ग जिल्लामा पर्दथ्यो, २०३२ सालतिर इलाम बन्यो । पञ्चायत समयमै आएको बाटोको लागि स्थानिय स्तरमा नेतृत्व गर्न व्यक्तिहरु नभएपछि इलाम सदरमुकाम नै सुक्छ भनेर यस बाटो प्रति राजनीतिक प्रतिनिधिहरुबाटै विरोध भएको थियो, पछिलो समय आएर धार्मिक स्थल लारुम्बालाई प्राथमिकतामा राखेर दमक, लारुम्बा हँुदै रविको बाटो खनन् नेताहरु जुटे, इलामको पश्चिम मोरङका गाविस संग सिमाना रहेका साकफाराको फुङनाम, आसेटार, तोरीबारी बाटो अन्योलमा मात्र रहेना अगुवाहरुको दुने गाइ बन्न पुग्यो ।’
२०५२ सालतिर ऐमाले समितिले लाल ब. श्रेष्ठको अध्यक्षमा एक दशक सम्म निष्क्रीय बनाएको ‘उर्लाबारी मधुमल्ल, साकफारा र रबि सडक’ योजनालाई निरन्तरता दिन भक्तराज श्रेष्ठको नेतृत्वमा जनयुद्धपछी माओवादी सरकारले २० लाख रुपैयाँ निकास गरे, उक्त बजेटको काम गर्नेलाई महेश राईको अध्यक्षमा पनि राम्रो काम हुन सकेन ।
स्थानिय सरकार नभएपछि सर्वदलीय समयन्त्रले बाटो अनुगमन तथा पहल समितिमा दीपक श्रेष्ठलाई अध्यक्ष बनाएपछि जनताको भविष्यलाई सुनिश्चित गर्ने साकफारा–१ तोरीबारी देखि पाँचथर दारे गौणा सिमाना सम्म २६ कि.मि. दुरीरहेको बाटोको ट्रयाक जोड्न सफल भएको छ । श्रेष्ठ भन्छन्, ‘हामीलाई ऊर्जा बढेको छ, गाडी कुदाएर यस ठाउँलाई विकासहोस्, उत्साहको सहनाभुती, गौरवको महसुस भए जस्तो लागेको छ ।’
संघर्ष पहल समितिले केन्द्रमा १० करोडको योजना पेश गरेकोमा ०७०/०७४ को आर्थिक बजेट बाट ६ करोड निकास भएको कुरा छ । भदौ भित्र टेण्डर समेत लागि सकेको कुरा समितिले वताएका छन् ।
“एक पाइले सामुदायिक वन र रानीधारा सामुदायिक वन” संग समितिले मुद्दा, दावी विरोध नहुने सम्झौता गरेपछि बाटोको कामलाई निरन्तरता दिन ०६८ सालतिर अरुण श्रेष्ठको अध्यक्षमा ‘सिमा सडक मर्मत’ नाममा स्थानिय कोष बनाउन सफल भए, स्थानिय जनताहरुबाट ५ लाख रुपैयाँ बजेट संकल्न भयो । तोरिबारी देखि आसेटार, फुङनाम सम्म १७ कि.मि. दुरि रहेको बाटो दारे गौणा, सिमान जोड्ने भनीएको बाटोलाई जिल्ला विकासले इलामको पश्चिम सिमा सडकको लागि ०७२/७३ को आर्थिक बर्षमा ७ लाख ४० हजार बजेट विनियोजित गर्ने भएपछि स्थानिय जनताका आँखामा बर्षियौं देखिको सपना मथर बन्दै आएको छ ।
पिठ्युँमा भारि थाप्लोमा नाम्लोको भरमा पैदल आउन जान दोहोरो भारि दुई दिन लाग्ने उकालो, ओरालो र खोलाको बाटो हुँदै, ४ देखि सात पुस्ताले जीवन संघर्ष गरेका फुङनाम र आसेटारका रैथानेहरु भन्छन्, ‘पश्चिमबाट जाँदा लुवा, बुवा, नुनसरी खोला तरेर मोरङ्ग टाँडीको साखरे हँदै, पूर्वबाट मावा खोला–खोलै पैदल हिडेर मधुमल्ला बजार कुचो, अदुवा लगायत उत्पादन बेच्न पुरयाउनु पर्ने अनि फर्किन्दा खाने नुन, तेल, चामल लगायतको भारि लिएर फर्किनु पर्दाको बाध्यता बाटोको ट्रयाक खुलेपछी हिड्नलाई सहज र छोटो दुरी भएको छ ।’
राजनीतिक पौवज नभएको ग्रामिण ठाउँमा बाटो बनाउने सपना अझै बाँकी छ । साकफारा, फुङनाम, आसेटारको जनता कम्मर कसेर लागेको बाटो सवै भन्दा छोटो दुरीमा जनतालाई सेवा दिने बाटो हो, पर्यटकिय क्षेत्र मिक्लाचोङ्ग छुट्ने बाटो कुनै पुल बीना चीनको सिमान सम्म पुग्न सक्ने बाटो भए पनि बुद्धिजिविहरुले चासो नदेखाएको स्थानिय सर्वसारणहरुको गुनासो रहेको छ ।