नागरिक विचार गोष्ठी

pmc

मोरङ : जिल्लाको पथरीशनिश्चरेस्थित पथरी बहुमुखी क्याम्पसमा नागरिक शिक्षाः वर्तमान राष्ट्रिय सन्दर्भ विषयक एक दिने विचार गोष्ठी सम्पन्न भएको छ ।

आइतबार नेपाल फाउण्डेसन फर फड्भान्सड स्टडिज(नेफाज) काठमाण्डौको आयोजना तथा एफ इ एस नेपालको सहयोगमा क्याम्पसको व्यवस्थापनमा गोष्ठी सम्पन्न भएको हो ।

नागरिकक शिक्षाको आवश्यकता र महत्व, नेपाललको विकासका चुनौतिहरु र तिनका सामाधान, लोकतान्त्रका विभिन्न आयाम एवम् विषयवस्तु, र राष्ट्र निर्माणमा नागरिक समाजको भूमिकाविषयमा गोष्ठीमा छलफल भएका थियो ।

ती विषयमा प्रा.डा. आनन्दप्रसाद श्रेष्ठ, प्रा.डा. गुणनिधि शर्मा, प्राडा. रामकुमार दाहाल, डा.चन्द्रदेव भट्ट, चन्द्रदेव आचार्य, शिवराज दाहालले कार्यपत्र पस्तुत गरेका थिए । कार्यक्रममा स्थानीय समाजिक अगुवाहरुको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार