
दमक : झापाको बिर्तामोडमा माछा मार्ने क्रममा करेन्ट लागेर एकको मृत्यु भएको छ। मृत्यु हुनेमा विर्तामोड-१ का ३५ वर्षीय कृष्ण राजवंशी रहेका छन्। शनिबार साँझ घर नजिकै रहेको नालीमा करेन्ट लगाई माछा मार्ने क्रममा उनलाई करेन्ट लागेको थियो।
गम्भीर घाइते राजवंशीको विर्ता सिटी अस्पतालतिर लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवत्ता डिएसपी हरि प्रशाद शर्माले जानकारी दिए।






















































