‘लिम्बुवान भूगोल हो जात होइन’

lsf

इलाम : इलाममा आयोजित एक कार्यक्रमका वक्ताहरुले लिम्बुवान कुनं जाति नभई भूगोल र इतिहास भएकोले बताए छन् । लिम्बू विद्यार्थी मञ्च महेन्द्र रत्न बहुमुखी क्याम्पस इकाइले आयोजना गरेको लिम्बु विद्यार्थी मञ्च र लिम्बुवान विषयक अन्तरक्रियाका वक्ताहरुले यस्तो बताएका हुन् ।

उनीहरुले भने लिम्बुवान भूगोल हो, जात होइन । भूगोल त्यस क्षेत्रमा बसोबास गर्ने सबै समुदायसँग सम्बन्धित हुन्छ, त्यसैले लिम्बुवान लिम्बुहरुको जातीय राज्य होइन, समग्र लिम्बुवानवासीको हो ।

व्यवहारिक शिक्षा हाम्रो अभियान संघीय गणतन्त्र नेपालमा स्वायक्त लिम्बुवान भन्ने नाराका साथ सम्पन्न अन्तरक्रियामा लिम्बुवान र लिम्बु विद्यार्थीको बारेमा छलफल भएको थियो ।

कार्यक्रममा लिम्बुवान भूगोल, इतिहास र सांस्कृतिक पहिचान भएकोले कुनै पनि जातसँग सम्बन्ध नभएको बताइयो । उनीहरुले लिम्बुवान जातीय राज्य होइन भन्दै लिम्बुवानलाई सचेत वर्गले लिम्बु समुदायसँग नजोड्न आग्रह गर्दै लिम्बुवान सबै लिम्बुवानवासीको भएको बताएका थिए ।

कार्यक्रममा उनीहरुले भने लिम्बुवान निश्चित भूगोलको नाम हो । यहि नामसँग जोडेर लिम्बुहरुको जातीय राज्यको रुपमा नहेर्नुहोस । हुन सक्छ लिम्बुवान भूगोलको आदिवासीको रुपमा चिनिएको लिम्बू जातिसँग भूगोलको नाम मिल्न जान्छ ।

उनिहरुले भने भूमिको इतिहासलाई लिम्बु जातिसँग जोडेर हेर्न मिल्दैन् । इतिहासमा लिम्बु जातिले धनुकाँडको साहाराले लिम्बुवान भूमिलाई एकीकृत गरी विजय प्राप्त गरकोले यसैको सम्झनामा मात्र विजय प्राप्त गरेको भूमिको नाम लिम्बुवान रहन गएको हो ।

कार्यक्रममा लिम्बु विद्यार्थी मञ्च पनि कुनै राजनीतिक संगठन नभई विशुद्ध लिम्बु विद्यार्थीहरुको सहयोग र अधिकारको लागि संगठित संस्था भएको बताए । विगतमा मञ्चलाई विभिन्न किसिमको राजनीतिक दलको भातृ संगठनको रुपमा हेर्ने गरेको गुनासो गर्दै सरोकारवालाले यसरी नबुझिदिन आग्रह समेत गरे ।

अन्तरक्रिया कार्यक्रममा किरात याक्थङ चुम्लुङका पूर्व केन्द्रिय उपाध्यक्ष मोहनसिंह थेबे, किरात याक्थुङ चुम्लुङ इलामका अध्यक्ष अभिषेक एक्तेन, सन्तोष नेम्बाङ, राम योङहाङ, लिम्बु विद्यर्थी मञ्चका केन्द्रिय सदस्य सुवास खुदाङ, मञ्चका जिल्ला अध्यक्ष राम लिङ्दम, फासिङ सजुमका अध्यक्ष बखतबहादुर आङ्देम्बे, सल्लाहकार नुनाम याम लिम्बू लगायतले बोलेका थिए ।

लिम्बु विद्यार्थी मञ्च क्याम्पस एकाइका अध्यक्ष जीवन योङहाङको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न राजनीति र सामुदायिक संगठनको नेतृत्वले समेत बोलको थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार