एकतप्पा : संघिय लिम्बुवान मञ्च, एकताप्पा गाउँ कार्य समितिको दोस्रो अधिबेशनले २१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।कृष्ण योङ्हाङको अध्यक्षतामा सम्पन्न भएको अधिबेशनबाट मित्रलाल लिम्बु अध्यक्षमा चयन भएका छन् ।
समितिका उपाध्यक्षहरुमा डेनु लिम्बु, बलवीर लिम्बु, सीतामाया लिम्बु र होम लिम्बु चयन भएका छन् । सचिबमा श्याम फागो, सहसचिव दिलु लिम्बु, अर्थसचीव लालवीर लिम्बु, सहअर्थसचीव खड्गबहादुर लिम्बु चयन भए ।
सदस्यहरुमा वृद्धिकला लिम्बु, पुर्णबहादुर भुजेल, मोतीमाया लिम्बु, प्रतापसि लिम्बू, बिक्रम लिम्बु, राजेन्द्र लिम्बु, राजकुमार लिम्बु, गजेन्द्र लिम्बु, सुनिता लिम्बु, भिमपुर्णबहादुर लिम्बु, मिना लिम्बु र भरतपुर्णबहादुर लिम्बु रहेका छन् ।