संविधान कार्यान्वयनमा वर्तमान सरकार गम्भिर छैन : नेता खनाल

झापा : नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले चाडाे भन्दा चाडाे स्थानीय निकायकाे निवार्चन नभए संविधान कार्यान्वयमा ठूलाे संकट अाइपर्ने बताएका छन् ।

प्रेस चाैतारी झापाले  विर्तामाेडमा गरेकाे साक्षातकार कार्यक्रममा बाेल्दै नेता खनालले राजनीतिक पूर्वाधार निर्माण गरेर मात्र संविधान कार्यन्वयन गर्न सकिने समेत बताए । उनले वर्तमान सरकारले संविधान कार्यानवयनलाई गम्भिरता पुर्वक नलिएकाे अाराेप समेत लगाए ।
संविधान जारी हुनु मुलुककाे ठुलाे उपलब्धि भएकाे भन्दै नेता खनालले यसकाे कार्यान्वयनमा पनि सबै दल एक जुट हुनु पर्ने बताए । उनले भने , ‘ नेकपा एमाले  प्रतिपक्ष भएर पनि संविधान कार्यानवयनमा सहयाेग गर्न तयार छ , तर वर्तमान सरकारले हाम्राे सहयाेग लिन सक्छ सक्दैन हामीलाई संका लागेकाे छ ।’

 उनले प्रधानमन्त्री प्रचण्डकाे भारत भ्रमणले राष्ट्रकाे शिर ठाडाे बनाउने काम गरेकाे हेर्न चाहेकाे बताउँदै राष्ट्र हितकाे विरुद्ध केहि काम नहाेस भनेर एमालेले खबरदारी गरेकाे समेत बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार