प्रधानमन्त्री प्रचण्डको घुर्कीः भारत नै नजा भन्नुस्, म जान्नँ

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो आसन्न भ्रमणले नेपाल- भारत सम्वन्धमा नयाँ पन्न खुल्ने विश्वास व्यक्त गरेका छन् । यो भ्रमणका क्रममा विगतमा व्यहोर्नु परेको पीडाको सही समिक्षा गर्दै भोलिका दिनमा यस्तो नहोहोरिने सुनिश्चत गर्न चाहेको समेत उनले बताए ।

मलाई तपाईहरुले यति धेरै प्रसर गरिदिनु भो अहिले कि तँ गएर खबरदार .यो पनि गर्न पाउँदैनस् त्यो पनि गर्न पाउँदैन् भन्नु भो भने नजा भन्नुसु, म जान्नँ

शनिबार राजधानीमा आयोजित अन्तरक्रिया कार्यक्रममा प्रचण्डले पहिलो पटक प्रधानमन्त्री हुँदा धेरै बोलेर विगि्रएको स्वीकार गरे । ‘नेपाल भारत सम्वन्धलाई नयाँ ठाउँमा लैजाने सम्भावना पैदा भएको छ’ माओवादी अध्यक्ष समते रहेका प्रधानमन्त्री प्रचण्डले भने, मैले धेरै बोल्दा यो विग्रने डर छ ।’

नाकाबन्दी र भूकम्पको पीडा खेपेको नेपालसँगको सम्वन्धलाई भारतले खुला दिलले उत्साहका साथ नयाँ आयाम दिन्छ भन्ने विश्वासका साथ दिल्ली जान लागेको उनले बताए । नेपाली जनताको मुड आफूले बुझेको भन्दै प्रचण्डले भ्रमणका क्रममा राष्ट्रिय स्वाधिनताको विपल्पमा कुनै काम नगर्ने बताएका छन् ।

तर, लिडरलाई लकिरको फकिर हुने नभई लिड गर्ने भन्दै उनले त्यसबेला रिस्क लिने छुट दिनु पर्ने बताए । भारतसँगको सम्वन्ध नयाँ आधारमा विकसित गर्ने अवसर र चुनौती रहेको भन्दै उनले भने, नेपाल भारत सम्वन्ध दरार पैदा गर्दै जाने तिर होइन । समस्या समाधान गर्दै नेपाल राष्ट्रको हितमा अधिकतम कूटनीतिक र राजनीतिक लिडरले लिड लिन खोजेको छ । तपाईहरुको सहयोग चाहिएको छ ।

प्रधानमन्त्री प्रचण्डले अघि भने, ‘मलाई तपाईहरुले यति धेरै प्रसर गरिदिनु भो अहिले कि तँ गएर खबरदार .यो पनि गर्न पाउँदैनस् त्यो पनि गर्न पाउँदैन् भन्नु भो भने नजा भन्नुसु, म जान्नँ ।’

‘होइन भने लिडरको काम लिड गर्ने हो । मैले, चुनौतीपूर्ण भएपनि यो अवसर ठानेको छ । मलाई के लागेको छ भने यो पटक नेपाल भारत सम्वन्धको नयाँ अध्याय खुल्छ भन्ने विश्वास लिएर म जाँदैछु ।’

प्रधानमन्त्री प्रचण्डले तथाकथित राष्ट्रवादका नाममा पहाड र मधेसबीच फाटो गर्ने प्रयास भइरहेको भन्दै असन्तुष्टि जनाए । अन्तरिक राष्ट्रिय एकता सुदृढ गर्ने बेला आएको भन्दै उनले भने, ‘नत्र राष्ट्रवादको नारा लगाउँदा लगाउँदै देश विखण्डन हुने भयो ।’

साथै उनले संविधान संशोधन गर्दै कार्यान्वयन गर्ने अवसर र जोखिम दुबै भएको भन्दै सहयोगको अपील गरेका छन् ।

प्रधानमन्त्री प्रचण्डले राष्ट्रवादका नाममा पहाड र मधेसबीच दरार गर्ने प्रयास भइरहेको भन्दै असन्तुष्टि जनाए । उनले संविधान संशोधन गर्दै कार्यान्वयन गर्नु जोखिमपूर्ण भएको भन्दै सहयोगको अपील गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार