गएराती देखि मेची राजमार्ग अवरुद्ध

याम माबोहाङ लिम्बू

इलाम : इलामको कोल्बुङ ९ स्थित भालु झोडामा ट्रक बिग्रिएपछि गएराती ११ बजेदेखि मेची राजमार्ग अवरुद्ध भएको छ ।

हाइड्रोको साbatoमान बोकेको ना २ ख ४६६८ नम्बरको ट्रकको पत्ति भाँच्चिर बिग्रिएपछि बाटो अवरुद्ध भएको सहायक प्रमुख जिल्ला अधिकारी सुजन फागोले जानकारी दिए ।

उनका अनुसार झापाबाट आउँने र इलाम पाँचथर र ताप्लेजुङबाट झापातिर जाने दर्जनौं सवारी साधन दुई किलोमिटरसम्म जाममा फसेका छन् ।

ट्रक बनाउने मिस्त्री बोलाइए पनि समाचार बनाउँदासम्म कहिले कतिखेर बाटो खुल्ने टुङ्गो नलागको प्रहरीको भनाई छ । अहिले राजमार्गमा साना सवारी साधन र मोटरसाइकल मात्र सञ्चालन भइरहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार