पुर्संरचनाको खाका लिएर प्राविधिक समिति गाउँगाउँमा

याम माबोहाङ लिम्बू

samiti

इलाम : स्थानीय तह पुर्नसंरचना प्राविधिक समयोग समिति इलामले पुन संरचनाको दुई खाकाको विषयमा गाउँमै छलफल थालेको छ । समितिले तयार पारेको ८ क्लष्टर र जिल्लाका राजनीतिक दलको सहमतिको १० क्लष्टर लिएर समिति शनिबारदेखि गाउँगाउँ गएको हो ।

विभिन्न चार समूह बनाएर समितिले यतिबेला प्रस्तावित सम्बन्धित क्लस्टरका सरोकारवालाहरुसँग छलफल तीब्र पारेको छ । छलफलका क्रममा आएका सुझावका आधारमा समितिले खाका परिमार्जन गर्ने यसअघि नै जनाइ सकेको छ ।sahavagi

सोमबारसम्म प्रस्तावित गाउँपालिका तथा नगरपालिका केन्द्रमा गएर समितिले स्थानीय नागरिकसँग सीमाना र वडा केन्द्रका विषयमा सुझाब संकलन गर्न थालेको समितिका संयोजक एवं स्थानीय बिकास अधिकारी मदन कोइरालाले जानकारी दिए ।

समितिका अनुसार शनिबार प्रस्तावित देउमाई नगरपालिकामा पर्ने गाउँ विकास समितिका विषयमा मंगलबारेमा, सूर्योदय नगरपालिकामा पर्ने गाविसका विषयमा फिक्कलमा, प्रस्ताव गरिएको रोङ गाउँपालिकाका लागि कोल्बुङमा र माईसुखानी गाउँपालिकाका विषयमा दानाबारी गाविसमा छलफल सम्पन्न भएको छ ।

प्रस्तावित सुर्योदय नगरपालिका र रोङ गाउँपालिकामा समितिका संयोजक एवं स्थानीय विकास अधिकारी मदन कोइरालाको नेतृत्वमा, देउमाइ नगरपालिकामा समितिका सदस्य एवं सहायक प्रमुख जिल्ला अधिकारी सुजन फागोको नेतृत्वमा र माइसुखानी गाउँपालिकामा समितिका सदस्य सचिव एवं योजना अनुगमन तथा प्रशासकीय अधिकृत छविलाल खतिवडाको नेतृत्वको टिमले छलफलमा सहजीकरण गरी सुझाव संकलन गरेको छ ।

दुबै खाकाको सीमाका विषयमा स्थानीयवासीको मिश्रीत प्रतिकृया आएको प्राविधिक सहयोग समितिका सदस्य तथा जिल्ला प्रशासन कार्यालय इलामका सहायक प्रमुख जिल्ला अधिकारी सुजन फागोले जानकारी दिए ।

छलफलमा बोल्दै विभिन्न सरोकारवाला व्यक्तिहरुले स्थानीय नागरिकको चहनालाई पुर्नसंरचनामा सम्बोधन गर्नुपर्नेमा जोड दिएका थिए । उनीहरुले पहिले स्थानीय नागरिकसँग छलफल गरेर मात्र पुर्नसंरचनाको खाका ल्याउनु पर्नेमा पहिले जिल्लामा खाका बनाएर अनुमोदनका लागि मात्र गाउँ ल्याईएको भन्दै आक्रोश समेत व्यक्त गरेका थिए ।

समितिले आईतबार फाल्गुनन्द गाउँपालिकाको लागि चुलाचुली गाविसमा, बालागुरु गाउँपालिकाका लागि नयाँबजारमा, सन्तपुर गाउँपालिका लागि सुलुबुङमा, माङमालुङ गाउँपालिकामका लागि चुलाचुलीमा साथै आइतबार नै महाभारा/फाकफोक गाउँपालिकाको छलफल गजुरमुखीमा हुने जिल्ला प्राविधिक सहयोग समितिले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार