अान्दोलनको तयारीमा माङसेबुङ

aandolanमाङ्सेबुङ : बिगत अडाइ दशक यता बिश्व शान्ति र मानव एकताको अावाज बुलन्द गर्दै आएको माङसेबुङ, यसपटक गाउपालिकाको बिषयलाई लिएर आन्दोलनको तयारीमा जुटेको छ।बाँझो र महमाई गाबिसका सबै राजनीतिक दल,स्थानीय संघसंस्था, बुद्धिजीवी को सर्बसम्मत निर्णयले बाँझो, महमाई, शाक्फारा र इभाङ गाबिसलाई समेटेर माङसेबुङ गाउँपालिका बनाउने प्रस्ताव स्थानीय बिकास अधिकारी समक्ष पेश गरिए पनि त्यसको बेवास्ता गर्दै रक्से स्थित माङमालुङमा प्रस्ताव गरिएकाले बिबाद सिर्जना भएको हो।

स्थानीय तह पुनःसंरचना प्राबिधिक समितिलाई माङसेबुङ गाउँपालिका बारेको प्रस्तावित खाकाहरु बुझाएको र छलफलमा बोलाउने अश्वासन दिइए पनि सामान्य परामर्श पनि नलिई २०७३ भदौ २३ गतेको बैठकले माङसेबुङलाई हटाई माङमालुङ प्रस्ताव उठाएपछि बिबाद चर्किएको हो।

लामो छलफल र बहस पश्चात् यी ४ गाबिसलाई समेटेर माङसेबुङ गाउँपालिका र सेवा केन्द्र माङसेबुङमा रहनेगरि प्रस्ताव गरिएको स्थानीय तथा नेकपा एमाले गाउँ कमिटी अध्यक्ष हर्कप्रसाद साँबाले बताए।त्यस्तै भौगोलिक, आर्थिक तथा सामाजिक, साँस्कृतिक हिसाबले एउटै अंग देखिने महमाई, बाँझो, शाक्फारा र इभाङ क्लस्टरबाट छुट्नै नहुने नेकपा एमाले गाउँ कमिटी अध्यक्ष मोहन सुब्बाको कथनछ।

स्थानीय जनताको चाहना बिपरित क्षेत्र र जिल्ला तहबाट सिधै निर्णय गरेर जाने तरिका बेठीक रहेको स्थानीय तथा किरात धार्मिक सँस्थाका अगुवा केहेरसिं योङहाङले बताएका छन्। माथिल्लो निकायबाट दवावपुर्ण तरिकाले लादेर क्लष्टर निर्माण गर्न खोजिएमा त्यसको स्थानीय तवरबाट ससक्त प्रतिरोध गर्ने स्थानीय तथा धार्मिक अगुवा डकेन्द्रसिं थेगिमले बताएका छन्।

माङसेबुङ गाउँपालिका बनाउनका लागि प्राबिधिक समितिले आफ्नो निर्णय नसच्याए आन्दोलनको व्यापक तयारी रहेको विशेष सुत्रबाट जानकारी प्राप्त भएको छ।दानाबारिमा र चुलाचुलीमा हुने सुझाव संकलनका समयमा आफ्नो प्रस्ताव कडाइसाथ उठाउने तयारीमा रहेको जानकारी गराइएको छ।साथै स्थानीय सरोकारवाला सबैलाई आन्दोलनमा सरिक हुन पनि आह्वान गरिएको छ।अान्दोलनलाई ब्यबस्थित र ससक्त बनाउनका लागि स्थानीय बुद्धिजीवी तथा पुर्व गाबिस अध्यक्ष केहेरसिं योङहाङको संयोजकत्वमा ३७ सदस्यीय परिचालन कमिटी बनाइएको छ ।

-किरात समाचारबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार