याम माबोहाङ लिम्बू
इलाम : बालबालिकाको बारेमा सरोकारवाला नै बेखबर भएको इलाममा आयोजित एक कार्यक्रमका वक्ताहरुले बताएका छन् ।
बाल दिवस २०७३ (सप्ताहव्यापी कार्यक्रम) अन्तरगत पहिलो दिन शुक्रबार जिल्ला बाल कल्याण समिति इलाम र मानव अधिकार मञ्च नेपालले आयोजना गरको ‘वालबालिकाको सवालमा सञ्चारकर्मीको भूमिका’ विषायक अन्तक्रियामा बोल्दै यस्तो बताएका हुन् ।
बालवालिकाको क्षेत्रमा जिल्लामा वर्षेनी सरकारी दुई करोड लगानी भएपनि यसको सहि कार्यान्वय हुन नसकेको बताउँदै यसको कार्यान्वयनमा सरोकारवालाले ध्यान दिनुपर्ने सुझाए ।
कार्यक्रममा बोल्दै सञ्चारकर्मीले बालवालिकाको बारेमा जिल्ला स्थित सरोकारवाला कार्यालयमा कुनै तथ्याङ्क नभएकोले बालबालिकाको समस्याको बारेमा सूचना बाहिर ल्याउन नसकेको बताउँदै, सूचना र तथ्याङ्कको व्यवस्थित गर्नुपर्नेमा जोड दिए ।
‘शहर बजारदेखि गाउँसम्म बालबालिका विभिन्न समस्या विद्यामान छन् । कहिले काही बजारका बाल श्रमिकको उद्दार पनि हुन्छ तर यसको पुनस्थपनामा समस्या छ ।’ उनिहरुले भने उद्दार गरेपछि पुन स्थापनाको व्यवस्थापनमा समेत राज्यले व्यवस्थापन गर्न सुझाए ।
कार्यक्रममा जिल्ला प्रशासन कार्यालयका बजार अनुगमन अधिकृत शेरबहादुर देवान, जिल्ला शिक्षा अधिकारी रामप्रसाद पाण्डे, जिल्ला विकास समितिका सामाजिक विकास अधिकृत राम योङहाङ लिम्बू, महिला तथा बालबालिका कार्यालयका सहायक महिला विकास निरिक्षक गोमा पोख्रल, बालकल्याण समितिका जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरिक्षक शुसिलकुरमा यादव, जिल्ला युवा परिषद इलामका अध्यक्ष नवराज शंकर, नेपाल पत्रकार महासंघ शाखा इलामका कोषाध्यक्ष ख्याम भूजेल, मानव अधिकार मञ्च नेपाल इलामका उपाध्यक्ष बीरबहादुर खड्का, इलाम एफएमका स्टेसन म्यानेजर हेमराज ढकालले बोलेका थिए ।
कार्यक्रम मानव अधिकार मञ्च नेपाल इलामका अध्यक्ष मोहनसिंह थेबेको अध्यक्षतामा भएको कार्यक्रममा नागरिक दैनिकका भीम चापागाईले कार्यपत्र प्रस्तुत गरेका थिए ।