झापामा एक व्यक्तिको हत्या

झापा : पूर्व पश्चिम राजमार्ग अन्तर्गत झापाको मेचीनगर १ स्थित निन्दा खोला नजिकै गएराति एक व्यक्तिको हत्या भएको छ ।

हत्यामा गरेको आरोपमा प्रहरीले झापा चन्द्रगढी १ हाल भद्रपुर १३ बस्ने ३६ वर्षीय नेत्र गिरीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

मंगलबार मध्यरातमा अन्दाजी ५० वर्षीय पहाडे समुदायको व्यक्तिलाई गाडीमा प्रयोग हुने फलामे पत्तिले अनुहारमा प्रहार गरी हत्या गरिएको झापाका एसपी शैलेस थापा क्षेत्रीले बताए । अनुहारमा गम्भिर चोट लागेकोले हत्या भएको व्यक्तिको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार