लिम्बुवान इलाम अध्यक्षमा पुनः लोरिन्देन

नयाँ बुलन्दdamber

इलाम : संघीय लिम्बुवान पार्टी नेपाल इलामको मंगलबार राती सम्पन्न एकतापछिको प्रथम जिल्ला अधिवेशनबाट पुनः डम्बर लोरिन्देन अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन् ।

अधिवेशनले पार्टीको उपाध्यक्षमा पाँच जनालाई निर्वाचित गरेको छ । उपाध्यक्षमा शेरबहादुर लोक्ताम, नरेश थेबे, शरण फागो, ठोम गुरुङ र सिवेन्द्र योङ्या चयन भएका छन् ।

यस्तै सचिवमा केबी थेवे, सहसचिवमा सागर खतिवडा र विमल तुम्रोक रहेका छन् । अर्थ सचिवमा सुनिल थोक्लेहाङ चयन भएको बताइएको छ ।

यसैगरी दौलत लिम्बू, नरेश माङ्मु, कुमार लकेवा, संगीता मुखिया, मनिषा वान्तवा, पुष्पा पौडेललगायत ३१ सदस्यीय जिल्ला समिति गठन भएको अध्यक्ष लोरिन्देनले बजानकारी दिए ।

पार्टीको नव गठित समतिले बाँकी रहेको गाउँ तथा जनवर्गीय संगठनको अधिवेशन आगामी महाधिवेशनअघि सम्पन्न गर्ने, आगामी असोज ४, ५ र ६ गते हुने केन्द्रीय महाधिवेशनलाई सम्पन्न गर्न सशक्त रुपमा लाग्ने र इलामको सन्दर्भमा वर्तमान अवस्थामा भइरहेको भ्रष्टचार, कालोबजारी र जनजीविकाको विषयमा आवाज उठाउने जस्ता कार्यदिशा तय गरेको अध्यक्ष लोरिन्देनले जानकारी दिए ।

संघीय लिम्बुवान पार्टी नेपाल एकतापछिको प्रथम महाधिवेशन आयोजक समितिका संयोजक वीर नेम्बाङको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा नेता कमल छाराहाङ, खगेन्द्र माखिम, सुर्य माखिम, प्रेमदीप थाम्सुहाङ लगायतको उपस्थती रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार