लिम्बू विद्यार्थीको अन्तराष्ट्रिय महासम्मेलन कार्तिक २, ३ र ४ मा हुँदै

Limbu student forumइलाम : लिम्बू विद्यार्थीहरुको प्रथम अन्तराष्ट्रिय महा–सम्मेलन झापाको दमकमा हुने भएको छ । लिम्बू विद्यार्थीहरुको साझा संस्था लिम्बू विद्यार्थी मञ्चको आयोजनामा आगामी  कार्तिक २, ३ र ४ गते दमक–१२ रेडक्रस सोसाइटीको सभा–भवनमा हुने भएको हो ।

‘अस्तित्वको निम्ति एकता’ भन्ने मूल नाराका साथ हुन लागेको महासम्मेलनको आवश्यक तयारी तिव्र पारिएको छ । महा–सम्मेलनको तयारी र योजनाको बारेमा लिम्बु विद्यार्थी मञ्च केन्द्रीय कार्यसमितिद्धारा विभिन्न जिल्लामा वृहत अन्तक्रिया कार्यक्रम गर्ने भइरहेको छ । लिम्बु विद्यार्थीहरुको अन्तराष्ट्रिय महा–सम्मेलनमा ‘लिम्बु समुदायको मौलिक भाषा, संस्कार, संस्कृति र मुलुकको वदलिदो राजनितिक’ विषयमा छलफल र वहस गरिनेछ ।

महा–सम्मेलन आयोजक समितिका संयोजक लिम्बू विद्यार्थी मञ्चका अध्यक्ष आङ्बुहाङ अवोध अविरलका अनुसार मुलुकमा देखिएको राजनितिक परिवर्तन र त्यसको प्रभावमा लिम्बु समुदाय माथि कार्यपत्र प्रस्तुत हुनेछ । त्यसैगरी महा–सम्मेलनमा लिम्बु समुदायको साझा र स्वतन्त्र संस्था ‘किराँत याक्थुम चुम्लुङ अन्र्तगत लिम्बु विद्यार्थी मञ्च आवश्यक र भुमिका’ विषयक कार्यपत्र प्रस्तुत हुनेछ ।

‘समयसंगै लिम्बुहरु विश्वव्यापीकरण भइसकेको र उनीहरुको आ–आफ्नो अनुभवहरु महा–सम्मेलनमा साटासाट गरिनेछ ।’ सवै मुलुकहरुवाट सहभागि विद्यार्थी प्रतिनिधिहरुले आ–आफ्नो प्रतिवेदन पेश गरिने र त्यस प्रतिवेदन माथि छलफल गरिनेछ, उनले भने ।

महा–सम्मेलनको तयारी र योजना बारेमा पुर्वाञ्चलको सवै जिल्लाहरुमा भेटघाट र छलफल अभियान संचालन भइरहेको आयोजक समितिका संयोजक अविरलले बताए । महासम्मेलनमा भुटान, वर्मा, भारत, सिकिम, दाजिलिङ, हङकङ, अमेरिका, वेलायत, अस्टेलिया, जापान, दक्षिणकोरिया, डेनमार्क, वंगलादेश, श्रीलका लगायत २५ वटा मुलुकहरुवाट लिम्बु विद्यार्थीहरुको सहभागिता रहने छ ।

प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाट्न गर्ने महा–सम्मेलनमा विभिन्न राजनितिक पार्टीहरुवाट सासंद भएका लिम्वु सासंदहरुको उपस्थित हुने आयोजकले जनाएको छ । त्यसैगरी समितिका अनुसार सो महा–सम्मेलनमा आदीवासी जनजाति महासंघमा आवद्ध विद्यार्थी संघ–संगठनका प्रतिनिधिहरुको उपस्थित रहने छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार