जीवन लिम्बू
फुएतप्पा : इलामको फुएतप्पामा चार दिने नेतृत्व विकास तथा क्षमता अभिवृद्धि कार्यक्रम बुधवार सम्पन्न भएको छ ।
फुएतप्पा गाविसको सहयोगमा नेपाल आदिवासी जनजाति महासंघ गाँउ समन्वय परिषद् फुएतप्पाको आयोजनामा भएको कार्यक्रम गत आईतबारबाट सञ्चालन भएको थियो ।
गाउँ स्थरका आदिवासीहरुको नेतृत्व विकासको लागि तालिमको आयोजना गरिएको गाउँ समन्वय परिषद्का अध्यक्ष मुन्ना राईले जानकारी दिए । कार्यक्रममा २५ महिला सहित ७० जना स्थानीय स्तरका आदिवासीहरुको सहभागीता रहेका थियो । तालिमको सहजीकरण नेपाल आदिवासी जनजाति महासंघ इलामका अध्यक्ष राजु राई तथा अधिवक्ता यामप्रसाद योङहाङल गरेका थिए ।
गाउँ समन्वय परिषद् फुएतप्पाका अध्यक्ष मुन्ना. राईको अध्यक्षतामा सम्पन्न समापन समारोहमा कार्यक्रममा सहभागीहरुलाई प्रमाणपत्र प्रदान गरिएको थियो ।















































