मुहान सुक्यो ? हावाबाट पानी निकाल्नुहोस्

काठमाडौं : हावाबाट बिजुली निकाल्ने कुरा त सुनेकै हो । हावाबाट पानी निकाल्ने कुरा चाहिँ सुन्नुभएको छैन होला । नेपाल इन्जिनियरिङ कलेजका विद्यार्थीले भने हावाबाट पानी निकालेर प्रयोगमै ल्याइसकेका छन् । यसका लागि एउटा मेसिनको विकास गरिएको छ । जुन मेसिनले वायुमण्डलमा भएको जलवाष्पलाई सोसेर पानीमा परिणत गरिदिन्छ । मेसिन घरको कौसीमा वा छतमा जहाँ राखेपनि हुन्छ । नेपाल इन्जिनियरिङ कलेजका कार्यकारी अध्यक्ष लम्बोधर न्यौपाने भन्नुहुन्छ ‘हावामा भएको पानीको मात्रालाई मेसिनले सोस्छ र पानीमा परिणत गराउँछ, मेसिन सञ्चालनका लागि बिजुलीको भने आवश्यक पर्छ ।’

अध्यक्ष न्यौपानेका अनुसार नेपाल यो प्रविधिबाट पानी संकलनका लागि उपयुक्त देश हो । नेपालमा बहने ८० प्रतिशत भन्दा बढी हावामा जलवाष्प हुन्छ ।

पानीको मुहान टाढा रहेको, खडेरी परिरहने क्षेत्रका लागि यो प्रविधि उत्तम हुने अध्यक्ष न्यौपानेले जानकारी दिनुभयो । यो प्रविधिबाट संकलित पानी पिउनका लागि अति सुरक्षित हुने नेपाल इन्जिनियरिङ कलेजको दावी छ । कलेजले हावाबाट पानी संकलन गर्ने प्रविधिलाई राष्ट्रिय युवा परिषदसँग सहकार्य गरी देशभर पु¥याउने प्रयास गरिरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार