लिम्बूवान मुक्ति मोर्चाको प्रवेशसँगै उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपाल झन् सशक्त बनेर देखा परेको छ । पूर्वी नेपालको ९ वटा जिल्लामा लिम्बूवान मुक्ति मोर्चाको विशेष पकड र प्रभाव रहेको छ । पछिल्लो समय कांग्रेस, एमाले, माओवादी लगायत विभिन्न पार्टी परित्याग गरी फोरम नेपाल प्रवेश गर्ने लहर चलिरहकै बेला लिम्बूवान क्षेत्रको सशक्त दल मानिने लिम्बूवान मुक्ति मोर्चासँगको एकीकरणले फोरम नेपाललाई झन् बलियो बनाएको छ । लिम्बूवानको मुक्ति मोर्चाको प्रवेशसँग पूर्वी नेपालको सिङ्गो ९ वटा जिल्ला कब्जा गर्न सफल भएको छ । एकीकरण गरी फोरम नेपालमा प्रवेश गरेको लिम्बूवान मुक्ति मोर्चा २९ दलीय संघीय गठबन्धनमा आबद्व भई राजधानीमा सशक्त आन्दोलन गर्दै आएको थियो ।























































