बाँझोमा स्थानीय शान्ति समिति

नयाँ बुलन्दshanti samiti

बाँझो : इलामको बाँझोमा बिहीबार स्थानीय शान्ति समिति गठन भएको छ । बाँझोमा भएको र्सवदलीय र्सवपक्षीय भेलाले सुरेन्द्र तुम्बाहाम्फे (संघीय जनमुक्ति पार्टी) का संयोजकत्वमा आठ सदस्यीय समिति गठन भएको हो ।

समितिका सचिवमा गाविस सचिव दुर्गेसकुमार विश्वकर्मा रहेका छन् । अन्य सदस्यहरुमा स्थानीय राजनीतिक दलका प्रतिनीधि समेटिएको छ । समितिका सदस्यहरुमा चन्द्र साँवा (नेपाली कांग्रेस), हर्कप्रसाद साँवा (नेकपा एमाले), सुरेशकुमार राई (माओवादी केन्द्र), किसन खजुम  (संघीय समाजवादी फोरम) र राजकुमार राई (नेकपा क्रान्तिकारी माओवादी) रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार