पाँचथरमा लिम्बू भाषा लागु हुने

sagar

कृष्ण ओझा
पाँचथर : पाँचथरमा लिम्बू भाषामा आधारभूत तह अन्तर्गत कक्षा ६–८ सम्मको पाठ्यक्रम निर्माण गरिने भएको छ ।

संविधानले प्रत्येक नागरिकलाई मातृभाषामा शिक्षा पाउने हकको सुनिश्चित् गरेपछि लिम्वू अगुवाहरुले जिल्ला शिक्षा कार्यालय अन्तर्गत रहेको जिल्ला पाठ्यक्रम समन्वय समितिको समन्वयमा पाठ्यक्रम निर्माण गरिने भएको हो ।

पाठ्यक्रम निर्माणका लागि जिल्ला पाठ्यक्रम समन्वय समितिका सदस्य तथा भाषाविद् हरीचन्द्र लावतीको संयोजकत्वमा विज्ञ सम्मिलत कार्यदल गठन गरिएको छ ।

कार्यदलमा याक्थुङ साम्नी याम्बुगेनका कुलपति राजेन्द्रकुमार जवेगू, भाषाविदहरु दिलेन्द्र कुरुम्बाङ, महेन्द्रकुमार नेम्बाङ, भाषिक शिक्षाका अभियान्ता आङबुहाङ अबोध अविरल र श्रोतव्यक्ति गजाधर ढुङ्गाना सदस्य रहेका छन् । संयोजक लावतीले बर्षे विदापछि जिल्लाका लिम्वू विद्यार्थीहरुको बाहुल्यता रहेका विद्यालयहरुमा पठनपाठन हुने गरी पाठ्यक्रम निर्माण गर्ने बताए ।

मुलुककै पहिलो पटक पाँचथरमा निर्माण गरिने पाठ्यक्रमलाई अन्य जिल्लाहरुमा पनि लागू गरिने समितिले जनाएको छ । जिल्ला पाठ्यक्रम समन्वय समितिका अध्यक्ष तथा जिल्ला शिक्षा अधिकारी राजकुमार विश्वकर्माले पाठ्यक्रम निर्माणका लागि समन्वय, प्रकाशन र कार्यान्वयनका लागि सहयोग गर्ने बताएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार