नयाँ बुलन्द
भक्तपुर : यस बर्षको एसएलसी नतिजा परीक्षा सकिएको ७० दिन भित्रै सार्वजनिक गर्ने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । एसएलसी परीक्षा गत चैत २९ गते सकिएको थियो । यस अनुसार असार ६ गते ७० दिन हुन्छ । यस अघि परीक्षा सकिएको ७५ दिनमा भएको नतिजा सार्वजनिक नै सबै भन्दा छिटो भएकोले यस बर्ष ७० दिन भित्रै सार्वजनिक गर्ने गरी काम भैरहेको नियन्त्रक कृष्ण काप्रीले बताए ।
विद्यार्थी माझ कसरी सरल तरिकाले नतिजा पुर्याउन सकिन्छ भन्ने बारेमा नतिजा सार्वजनिक गर्ने सेवा प्रदायक संस्थाका प्रतिनिधिहरुसंग भएको छलफलमा उनले यस्तो बताएका हुन् । यस बर्ष ग्रेडिङ्मा नतिजा प्रकाशित हुँदै छ ।
‘जसरी हुन्छ विद्यार्थीले सरल तरिकाले नतिजा थाह पाउनु पर्यो’ उनले भने, ‘यसका लागि कार्यालय गम्भिर रहेको र त्यहि अनुसार प्राविधिक साथीहरु खटिईरहेका छन् ।’