बालअधिकार सम्बन्धी अभिमुखीकरण सम्पन्न

sahavagi (1)

नयाँ बुलन्द

इभाङ : इलामको इभाङमा आयोजित बाल अधिकार र बालमैत्री स्थानीय शासन सम्बन्धी दुई दिवसीय अभिमुखीकरण कार्यक्रम सोमबार सम्पन्न भएको छ ।

गाउँ स्तरीय बाल संरक्षण तथा सम्वर्द्धन उपसमिति इभाङको आयोजनामा भएको कार्यक्रममा गाउँ स्तरीय बालसञ्जाल, विभिन्‍न बालक्लब, प्रधानाध्यापक तथा संरक्षक शिक्षक सहित ३२ जनाको सहभागिता रहेको थियो ।

कार्यक्रममा बालबालिका, बालअधिकारको अवधारणा र बालअधिकार, बाल दुर्व्यवहार, बालअधिकार सम्बन्धी राष्ट्रिय, अन्तरराष्ट्रिय कानूनहरु, शान्ति शिक्षा, बालमैत्री स्थानीय शासन कार्यविधि-२०६८ र बाल अधिकार प्रबर्द्धनमा स्थानीय निकायको भूमिका, बालमैत्री स्थानीय शासनका सूचक तथा बालक्लबको काम, कर्तव्य र अधिकार बालक्वलको आवश्यकता लगायत विषयमा छलफल भईरहेको छ ।

सहभागिहरुलाई मानव अधिकार मञ्‍च नेपालका स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रम संयोजक राम योङ्हाङ र आयोजक उपसमितिका संयोजक युवराज बस्नेतले सहजीकरण गरेका थिए ।

आयोजकका संयोजक बस्नेतको अध्यक्षतामा भएको समापन समारोहमा सजकर्ता योङ्हाङ सहित, इभाङ माध्यमिक विद्यालयका प्रधानाध्यापक राम जोशी, इभाङ निमाविका प्रधानाध्यापक कृष्णबहादुर बस्नेत, सहभागिका तर्फबाट बाल सञ्‍जालकी अध्यक्ष मनिता राई र बालक सुरेश लिम्बूले मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन उपसमितिका सचिव एवं गाविसका प्राविधिक पुष्कर कार्कीले गरेका थिए ।

त्यस्तै सोही कार्यक्रमको अवसरमा जिल्ला बाल भेलाका लागि बाल सञ्‍जालका तीन जना प्रतिनीधि छनौट गरिएको छ ।यसरी छनौट भएकाहरुमा बालक महेश काफ्ले, बालिका मनिता राई र अपाङ्गका तर्फबाट मनिता लिम्बू छनौट भएका हुन् । जिल्ला बाल सञ्जालका लागि आगामी असार १७ र १८ गते इलाममा जिल्ला बाल भेलाको तयारी गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार