सात जिल्लामा पहिलो, एकमा दोस्रो र छ स्थानमा तेस्रो
नयाँ बुलन्द
काठमाडौं : आधिकारिक ट्रेड युनियनको निर्वाचनमा मधेशी निजामति कर्मचारी मञ्चले अप्रत्याशित जीत हाथ पारेको छ । माओवादी निकटसहित अन्य ३ कर्मचारी संगठनलाई पछाडि पार्दै मधेशी कर्मचारीले नेपालभरीमा तेस्रो स्थान हात पारेको छ ।
कुल ११७ स्थानमा भएको चुनावमा सात स्थानमा मधेशी कर्मचारीले पहिलो स्थान हात पारेको छ । धनुषा, महोत्तरी, सर्लाही, सिरहा, सप्तरी र नवलपरासीमा मधेशी कर्मचारीले पहिलो स्थान पाएको छ भने बारामा दोस्रो स्थान पाएको छ । त्यस्तै, मोरङ्ग, सुनसरी, पर्सा, कपिलबस्तु, बाँके र बर्दियामा तेस्रो स्थान हासिल गरेको छ ।
एमाले निटक नेपाल निजामति कर्मचारी संगठन पहिलो स्थानमा आएको छ भने काँग्रेस निकट कर्मचारी युनियन(संघ)ले दोस्रो स्थान पाएको छ । त्यस्तै माओवादी केन्द्र निकट नेपाल राष्ट्रिय कर्मचारी संगठन चौथो स्थानमा आएको छ ।























































