नमिन ढकाल
इलाम : नवौं गणतन्त्र दिवसको उपलक्ष्यमा इलममा अन्तर विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगीता सम्पन्न भएको छ ।
नगर बाल सञ्जाल इलामको आयोजनामा ‘गणतन्त्र र नेपालका लागि यसको महत्व’ विषयमा वक्तत्वकला गरिएको थियो । प्रतियोगीतामा इलाम नगरपालिकाका ६ वटा विद्यालयका ११ जना विद्यार्थीहरुको सहभागिता रहेको थियो । प्रतियोगीतामा समता निकेतनका अनुस नेपाल प्रथम, आर्दश उच्च माध्यमिक विद्यालयका सोनी लिम्बू द्वितीय, समता शिक्षा निकेतनकी पल्पसा राई तृतीय र ज्योती विद्या मन्दिरका जनक कार्की सान्तवना भएका थिए ।
सञ्जालका संयोजक सन्देश रम्तेलको सभापतित्व र जिल्ला शिक्षा अधिकारी राम पाण्डेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा इलाम नगरपालिकाका नगर शासन विज्ञ भिमसेन श्रेष्ठ, आदर्श उच्च माविका प्राचार्य कुमार पौडेल, आनन्द कट्टेल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रमको सञ्चालन डिकबहादुर चौहान र गोमा विश्वकर्माले संयुक्त रुपमा गरेको सञ्जालकी सचिव दिव्या तामाङ्गले जानकारी दिइन् ।



















































