टोलकपको उपाधि भानुपथको पोल्टामा

राम योङ्हाङfootball (1)

इलाम : अर्पण गुरुङ्गको गोलको मद्दतमा इलाममा सञ्चालित तेश्रो टोलकप फुटलब प्रतियोगिताको उपाधि भानुपथ टोल क्लबले जितेको छ ।

शनिबार भएको फाइनलमा साविक विजेता सिंहनगरलाई १-० गोलको झिनो अन्तरले पराजित गर्दै भानुपथले उपाधिमाथि कब्जा जमाएको हो । उपाधिका लागि भानुपथका स्ट्राइकर अर्पण गुरुङ्गले मध्यान्तर पछिको खेलमा तेस्रो मिनेटमा गरेको गोल नै निर्णायक बनेको थियो ।

भानुपथ र सिंहनगर दुवै यसअघिका एकएक संस्करणका उपाधि विजेता हुन् । पहिलो संस्करणको उपाधि नै कब्जा जमाएको भानुपथ दोस्रो संस्करणमा भने सिंहनगरसँग फाइनलमा पराजित भएको थियो ।

जितसँगै भानुपथले नगद २० हजार, ट्रफि, मेडल र प्रमाणपत्र पाएको छ । उपविजेता सिंहनगरले भने नगद १२ हजार, ट्रफि, मेडल र प्रमाणपत्रमा चित्त बुझाउनुपरेको थियो ।

 प्रतियोगिताका उत्कृष्ठ खेलाडी विजेता टिम भानुपथका कप्तान पुष्कर दाहाल घोषित भए भने सर्वाधिक गोलकर्ता उपविजेता सिंहनगरका सन्तोष रम्तेल घोषित भए । उनीहरु दुवैले ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त भए ।

आयोजक क्लब ओएसीसका अध्यक्ष डा. च्यान्द्रु लिम्बूको अध्यक्षतामा भएको पुरस्कार वितरण समारोहमा प्रमुख अतिथी जिल्ला फूटबल संघका अध्यक्ष निरोज खड्की, विभिन्न सुरक्षा प्रमुख सहितका अतिथीहरुले विजेता तथा उपविजेता टिमलाई पुरस्कार वितरण गरेका थिए ।

गत ८ जेठदेखि सञ्चालित प्रतियोगितामा इलाम नगरपालिका भित्रका १० टिमको सहभागिता रहेको थियो ।

दुई वर्ष अघि केही जुझारु युवाहरुको स मूहबाट गठित क्लब ओएसहीस गत वर्ष जिल्ला प्रशासनमा आधिकारिक रुपमा दर्ता भएको क्लब हो । football (2)क्लबका अध्यक्ष डा. लिम्बू युवाहरुलाई कुलतमा फस्नबाट बचाई सामाजिक काममा लाग्न उत्प्रेरित गर्ने उदेश्यले वर्षेनी खेलकुदको आयोजना गर्ने गरिएको बताउँछन् । ‘खेलको माध्यमबाट युवाहरुमा एक आपसमा मित्रता, सद्भाव र एकताको भावनामा वृद्धि हुनका साथै शारिरीक र मानसिक विकास समेत हुने गर्दछ’ लिम्बू भछन् ‘खेलकुदले विशेषगरी युवावर्गलाई गलत ट्रयाकमा जान नदिन समेत भूमिका निर्वाह गर्नेछ ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार