नयाँ बुलन्द
इलाम : शेरबहादुर लिम्बूले ह्याट्रिकले भानुपथ क्लब इलाम सदरमुकाममा जारी तेश्रो टोलकप फुटलब प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । शुकबार भएको अन्तिम सेमीफाइनलमा ओपीधारालाई ३–० गोलको अन्तरले पाखा लगाउँदै भानुपथले फाइनलको यात्रा तय गरेको हो ।
भानुपथले अब उपाधीका लागि शनिबार हुने फाइनलमा सिंहनगरको सामना गर्नुपनेछ । सिंहनगरले बिहीबार सम्पन्न पहिलो सेमीफाइनलमा नारायणस्थानलाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको थियो । खेल दिउँसो २ बजेदेखि हुने आयोजक क्लब ओएसीसले जानकारी दिएको छ ।
प्रतियोगिताका विजेता र उपविजेता टिमले क्रमशः नगद २० हजार र १२ हजार, ट्रफि, मेडल र प्रमाणपत्र पाउनेछन् । त्यस्तै उत्कृष्ठ खेलाडी र र्सवाधिक गोलकर्तालाई समेत आकर्षक पुरस्कारको व्यवस्था रहेको आयोजक ओएसीसका अध्यक्ष डा. च्यान्द्रु लिम्बूले जानकारी दिए । प्रतियोगितामा इलाम नगरपालिका भित्रका १० टिमको सहभागिता रहेको थियो ।