भानुपथ सेमीफाइनल प्रवेश

footballनयाँ बुलन्द
इलाम : इलाम सदरमुकाममा जारी तेश्रो टोलकप फुटलब प्रतियोगितामा भानुपथ क्लब सेमीफाइनल प्रवेश गरेका छन् ।
बुधबार भएको अन्तिम क्वाटरफाइनलमा तिल्केनीलाई ३–० गोलको अन्तरले पाखा लगाउँदै भानुपथले सेमीफाइनलको यात्रा तय गरेको हो । जितका लागि भानुपथका अर्पण गुरुङ, पूर्ण लिम्बू र युवराज राईले एक एक गोल गरेका थिए । भानुपथले अब फाइनल पुग्न शुक्रबार हुने अन्तिम सेमीफाइनलमा ओपीधाराको सामना गर्नुपनेछ ।
प्रतियोगिता अन्तरगत बिहीबार पहिलो सेमीफाइनलमा सिंहनगर र नारायणस्थानबीच हुने आयोजक क्लब ओएसीसले जानकारी दिएको छ ।
प्रतियोगिताको फाइनल शनिबार हुनेछ । प्रतियोगिताका विजेता र उपविजेता टिमले क्रमशः नगद २० हजार र १२ हजार, ट्रफि, मेडल र प्रमाणपत्र पाउनेछन् । त्यस्तै उत्कृष्ठ खेलाडी र र्सवाधिक गोलकर्तालाई समेत आकर्ष पुरस्कारको व्यवस्था रहेको आयोजक ओएसीसका अध्यक्ष डा. च्यान्द्रु लिम्बूले जानकारी दिए ।
प्रतियोगितामा इलाम नगरपालिका भित्रका १० टिमको सहभागिता रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार