भुपेन्द्र बने ‘राष्ट्रिय चेस च्याम्पियन’

नयाँ बुलन्दchess.

इलाम : भुपेन्द्र निरौला नेपाली राष्ट्रिय चेस च्याम्पियन बनेका छन् । इलाममा जारी १९ ‍औं राष्ट्रिय बुद्धीचाल प्रतियोगिताको कुल नौ चरणमध्ये एक चरण सकिन बाँकी रहँदै निरौलाले यो उपलब्धी पाएका हुन् ।

भक्तपुरमा सम्पन्न १३ औं राष्ट्रिय च्याम्पियनसीपमा दिगेश शंकर मल्लापछि उनी एक चरणको खेल बाँकी रहँदै उपाधि जित्ने पहिलो खेलाडी बनेका हुन् ।

त्यस्तै चौथो महिला राष्ट्रिय च्याम्पियनसीपमा सिन्दिरा जोशीको अग्रता कायमै छ । एक चरण बाँकी रहँदा नै जोशी सहित मोनालीसा खुम्बू र एपीएफकी शान्ता थापा अजरबैजानको बाकुमा हुने चेस ओलम्पियाडमा छनोट हुन सफल भएका छन् । दुवै स्पर्धामा शीर्ष पाँच स्थान पाउने खेलाडिले ओलम्पियाडमा सहभागिताको अवसर पाउने छन् । अन्य खेलाडीको टुंगो मंगलबार लाग्ने छ ।

सोमबार भएको खेलमा हिमाल लामालाई हराएका निरौलाले क्षितीज भण्डारीसँग बराबरी गर्दै उपाधि पक्का गरेका हुन् । केशव श्रेष्ठ, हिमाल लामा, सजिन मर्हजन र क्षितीज भण्डारीको समान ५ दशमलव ५ अंक छ । केशवले मनिस हमालसँग बराबरी गरे भने सजिन मर्हजनलाई हराए । सचिनले सातौ चरणमा पुरुषोत्तम चौलागाइलाई हराए । क्षितीजले सातौं चरणमा नबीन तण्डुकारलाई हराए ।

महिला तर्फसिन्दरा जोशीको ६ दशमलव ५ अंक छ । सातौ चरणमा सुजना लोहनीसँग बराबरी गरेकी उनले आठौं चरणमा बिनिता कपालीलाई पराजित गरिन् । मोनालीसा र शान्ताको समान ६ अंक छ । सातांै चरणमा शान्तासँग बराबरी गरेकी मोनालीसाले आठौं चरणमा अनिसा न्यौपानेलाई हराइन् ।

यसैगरी, शान्ताले आठौं चरणमा बिना जयसवाललाई हराइन् । सुजनाको ५ दशमलव ५ अंक छ । सुजनाले आठौं चरणमा अस्मिता अधीकारीलाइ पराजित गरिन् । धैर्यताका प्रतिक चेस खेलाडी निरौला उपाधि विजेता निरौला नेपाली बुद्धीचालमा धैर्यताका प्रतिक मानिन्छन् । यस अघि दुइ पटकको राष्ट्रिय च्याम्पियनसीपमा उनी आधा भन्दा बढी समय अग्रता लिएर पनि ओलम्पियाड टोलीमा पर्न असफल भएका थिए ।

गत वर्षभक्तपुरमा एसियन जोनल चेस प्रतियोगितामा सनसनीपूर्ण प्रदर्शन गरेका निरौला अन्तिम चरणमा चुकेपछि क्यान्डीडेट मास्टरमा सीमित बनेका थिए । हाल उनले झापामा डाइनामीक चेस क्लब सञ्चालन गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार