पाँचथरमा ट्रक दुर्घटना ६ घाईते

नयाँ बुलन्दtruck

पाँचथर : पाँचथरको एकतिन बाट फिदिम तर्फ गोलिया लोड गरेर आउँदै गरेको मालबहाक ट्रक आज विहान दुर्घटना हुँदा ६ जना घाईते भएका छन् । घाइते मध्ये २ जनाको अवस्थामा गम्भिर रहेको छ । गम्भिर घाईते पाँचथर इम्बुङ ८ वस्ने २६ वर्षिय शंकर कटुवाल र सोही ठाउँ वस्ने ३० वर्षिय डिल्लीराम बाँनियाको जिल्ला अस्पताल पाँचथरमा उपचार सम्भव नभएपछि झापाको विर्तामोड स्थित बि.एण्ड सी हष्पिटल विर्तामोडमा लगिएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

दुर्घटनामा घाईते पाँचथर भारपा २ वस्ने ३१ वर्षिय होम वूढाथोकी, २४ वर्षिय टिकाराम वूढाथोकी,चालक ताप्लेजुङ थेचम्बु वस्ने राजु तिवारी ,सहचालक भारपा ४ वस्ने १९ वर्षिय मनोज तिवारीको भने जिल्ला अस्पताल पाँचथरमा उपचार भइरहेको प्रहरी नायव उपरिक्षककृष्ण प्रसाद कोइरालाले जानकारी दिनुभयो । गोलिया लिएर फिदिम आउने क्रममा मे १ ख १८६६ नम्बरको ट्रक अचानक सडक बाट खसेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार