
अबुधाबी : यूएईमा रहेका झापालीहरुको सामाजिक संस्था झापाली समाजले अबुधाबीमा आफ्नो पाँचौं क्षेत्रीय समिति गठन गरेको छ । गत २५ मार्च अबुधाबीको क्यापिटल पार्कमा करिब ४ सय झापालीहरु सहभागी रमाइलो वनभोजको अवसरमा समाजको अबुधाबी क्षेत्रीय कमिटी सर्वसम्मत गठन भएको हो ।
सामाजिक तथा जुझारु व्यक्तित्व हिमाल अधिकारीको अध्यक्षतामा १७ जना पदाधिकारी रहेको अबुधाबी क्षेत्रीय समिति गठन गरिएको हो । नवगठित समितिको उपाध्यक्षमा उर्मिला भुजेल र सम्भु पुरी रहेका छन् । सचिव र सहसचिवमा क्रमशः मोहन दाहाल र रन्जु बराइली छन् भने कोषाध्यक्षमा छवि खनाल र सहकोषाध्यक्षमा इन्द्र लिम्बूलाई चयन गरिएको छ ।
समानुपातिक तथा क्षेत्रका आधारमा कार्यसमितिको सदस्यहरुमा १० जना सर्वसम्मत चुनिएका छन् । यसरी अबुधाबी क्षेत्रीय समितिको सदस्यहरुमा , चिरञ्जीवी श्रेष्ठ, रविन अधिकारी, कोपिला पराजुली, रमेश राजवंशी, चेतनारायण भट्टराई, विमल तामाङ, वीरेन्द्र थापा, मणि सुवेदी, लोकेश कोइराला र कृष्णबहादुर कार्की रहेको अबुधाबी क्षेत्रमा कार्यरत समाजका केन्द्रीय सदस्य हरि कट्वालले जानकारी दिएका छन् ।
समाजको सस्थापना तथा विकासका लागि अभिभावकीय भूमिका निर्वाह गर्ने अबुधावी क्षेत्रका सात जना झापाली रहेको एक सल्लाहकार समिति पनि चयन भएको छ । व्यावसायी लक्ष्मीमणि नेपालको संयोजकत्वमा अग्नि मैनाली, शेषराज न्यौपाने, रिता लिम्बू, कुमार सानु श्रेष्ठ, हरि कट्वाल र काशीनाथ ढकाल सम्मिलित एक सल्लाहकार समिति कार्यसमिति तथा केन्द्रीय समितिका अधिकांश पदाधिकारीको उपस्थितिमा भएको समाजका केन्द्रीय अध्यक्ष विकास उप्रेतीले बताए ।
स्थानीय प्रसाशनसँग पूर्वस्वीकृति लिएर अबुधाबीको क्यापिटल पार्कमा झापाली समाज, यूएईको प्रस्तावित क्षेत्रीय समितिले एक सफल पिकनिकको आयोजना गरेको छ । प्रस्तावित क्षेत्रीय समितिलाई पिककिनको अवसरमा बढीभन्दा बढी झापालीहरुलाई भेला गराई औपचारिक समिति गठन गर्न अबुधाबीका झापालीहरु सफल भएका छन् ।
करिब ४ सय नेपालीहरुको उपस्थिति रहेको उक्त पिकनिकमा विभिन्न कलाकारहरुले गीत, नृत्य, लोकदोहोरी, हाँडीफोर, भाले जुझाई लगायतका रोचक कार्यक्रमहरु सम्पन्न भएको समाजका केन्द्रीय सल्लाहकार संयोजक हेमन्त पौडेलले जानकारी दिए । नेपाली दूतावासका द्वितीय सचिव कृष्ण अर्याल, कर्मचारी संगीता न्यौपाने, श्रम सहचरी हिरा यादव, गायक प्रकाश पौडेल, एनआरएनका पूर्व उपाध्यक्ष तथा झापाली व्यावसायी विकास अधिकारी लगायतका विशिष्ट व्यक्तिहरुको उपस्थितिमा सम्पन्न पिकनिक शान्त तथा सौहार्द वातावरणमा सम्पन्न भएको थियो ।
पिकनिकलाई भव्य र सभ्य बनाउन लक्ष्मीमणि नेपालको संयोजकत्वमा एक व्यवस्थापन समिति एक महिना पहिले गठन भएको थियो । उक्त समितिमा शम्भु पुरी, छवि खनाल, कुमार सानु, मोहन दाहाल, चिरञ्जीवी श्रेष्ठ, उर्मिला भुजेल, कोपिला पराजुली, लोकेश कोइराला, रविन अधिकारी, हिमाल अधिकारी, रन्जु बराइलीर हरि कट्वाल रहेका थिए ।
पिकनिकको आर्थिक व्यावस्थापनको संयोजक छवि खनालले गरेका थिए भने अन्य सदस्यहरुमा शम्भु पुरी र रविन अधिकारी रहेका थिए । औपचारिक कार्यक्रम तथा सम्पूर्ण कार्यक्रम स ञ्चालनको जिम्मेवारी केन्द्रीय सदस्य हरि कट्वालले गरेका थिए भने उनलाई मोहन दाहालले सहयोग गरेका थिए । उर्मिला भुजेलको संयोजकत्वमा खाना व्यावस्थापन समितिले ठीक समयमा स्वादिष्ट नेपाली परिकारहरु सबैलाई पस्किएको थियो । उक्त समितिमा कोपिला पराजुली, मोहन दाहाल, वीरेन्द्र थापा, रन्जु बराइली, मनोज पौड्याल र टंक अधिकारीले प्रभावकारी ढंगले काम गरेका थिए ।
पिकनिकको सफलताको लागि जोखिम तथा स्वयमसेवक व्यावस्थापन समिति पनि क्रियाशील रहेको थियो । चीरञ्जीवी श्रेष्ठ संयोजक रहेको उक्त समितिले पिकनिक अवधिभर उच्च सतर्कताका साथ निगरानी गरी स्थानीय कानुन र नियमको पालनामा जोड दिएको थियो । उक्त समितिमा कुमार सानु श्रेष्ठ, विमल तामाङ, सीता नगरकोटी रहेका थिए ।
पिकनिकको सफलताको लागि टिकट तथा पत्र व्यवस्थापन साथै प्रचारप्रसार समिति गठन गरिएको थियो । हिमाल अधिकारीको संयोजकत्वमा गठित उक्त समितिमा हरि कटवाल, मणि सुवेदी रहेका थिए ।
झापाली समाज, यूएईको अबुधाबी छेत्रीय समिति औपचारिकरुपमा गठन भए पश्चात् औपचारिक कार्यक्रमको सभापतित्व नवगठित अबुधाबी क्षेत्रीय समितिका अध्यक्ष हिमाल अधिकारीले गरेका थिए । औपचारिक कार्यक्रम हरि कटुवाल र नवगठित अबुधाबी क्षेत्रीय समितिका सचिव मोहन दाहालले सञ्चालन गरेका थिए ।
पिकनिकमा रमाइला गीतसंगीत साथै मनोरञ्जनात्मक खेलमा उपस्थित धेरैले भाग लिएका थिए । हाँडी फुटाउने, भाले जुधाई, म्युजिकल चियर, गजल तथा कविता वाचनसँगै गायन र नृत्यहरुले वातावरण उल्लासमय भएको थियो । विभिन्न विधामा उत्कृष्ट सहभागीहरुलाई पुरस्कृत गरिएको थियो । हाँडी फुटाउने तर्फबाट संयोग लामा पुरस्कृत भएका थिए भने भाले जुधाईमा सूर्य अधिकारी, म्युजिकल चियरमा रन्जु बिशुंखे, गजल तथा कवितामा माइनसप्लस सग्रौला, गायनमा गोपाल खतिवडा ‘गोप्स’ र नृत्यमा मनोज पौडेल र सुजाता बुढाथोकी पुरस्कृत भएका थिए । केन्द्रीय कमिटिका सचिव इन्द्र भण्डारीले भाले जुधाई प्रतियोगिताका उत्कृष्ट खेलाडीलाई व्यक्तिगत रुपमा पनि उपहार प्रदान गरेका थिए
पिकनिकमा रमाइला गीतसंगीत साथै मनोरञ्जनात्मक खेलमा उपस्थित धेरैले भाग लिएका थिए । हाँडी फुटाउने, भाले जुधाई, म्युजिकल चियर, गजल तथा कविता वाचनसँगै गायन र नृत्यहरुले वातावरण उल्लासमय भएको थियो । विभिन्न विधामा उत्कृष्ट सहभागीहरुलाई पुरस्कृत गरिएको थियो । हाँडी फुटाउने तर्फबाट संयोग लामा पुरस्कृत भएका थिए भने भाले जुधाईमा सूर्य अधिकारी, म्युजिकल चियरमा रन्जु बिशुंखे, गजल तथा कवितामा माइनसप्लस सग्रौला, गायनमा गोपाल खतिवडा ‘गोप्स’ र नृत्यमा मनोज पौडेल र सुजाता बुढाथोकी पुरस्कृत भएका थिए । केन्द्रीय कमिटिका सचिव इन्द्र भण्डारीले भाले जुधाई प्रतियोगिताका उत्कृष्ट खेलाडीलाई व्यक्तिगत रुपमा पनि उपहार प्रदान गरेका थिए
। सोही पिकनिकमा झापाली समाज, यूएईले सञ्चालन गरिरहेका राहत कार्यक्रमका लागि अबुधाबी क्षेत्रबाट ४० हजार रुपैयाँभन्दा बढी रकम राहत कार्यक्रम संयोजक तारा खनालको उपस्थिितिमा केन्द्रीय कोषाध्यक्ष दुर्गेस सापकोटासमक्ष हस्तान्तरण गरिएको थियो । समिति गठनसँगै यूएईको नेपाली समुदायको इतिहासमै पहिलोपटक स्थानीय प्रशासनसँग पूर्वस्वीकृति लिएर आयोजना भएको संख्यात्मक दृष्टिले ठूलो पिकनिक सम्पन्न गरेकोमा समाजका अध्यक्ष विकास उप्रेतीले अबुधाबीमा क्षेत्रलाई धन्यवाद प्रकट गरेका छन् ।