नयाँ बुलन्द
युएई : दुबईमा मृत्यु भएका चितवनको दारेचोक ३ लेवाटरका धन बहादुर मगरको परिवारलाई उनिसँगै एउटै कम्पनिमा काम गर्ने साथिहरुले आर्थिक सहयोग गरेका छन् ।
मृतक मगरका परिवारलाई उनीसँगै काम गर्ने विभिन्न देशका साथिहरुले ६० हजार रुपैयाँ आर्थिक सहयोग गरिएको हो । मगरसँगै काम गर्ने रमेश कार्की, नरेन्द्र डंगोलको सहयोगमा कम्पनीमा काम गर्ने भारतीय, पाकिस्तानी तथा बंगलादेशका नागरिकले उक्त रकम सहयोग गरेका हुन् ।
सहयोग रकम शुक्रबार मृतकका बुवा कमल सिङ मगरको नाममा नेपाल पठाएको सोही कम्पनीमा काम गर्ने तेह्रथुमका सुरेश तामाङले बताए । दुवईको एक कम्पनीमा सेक्युरिटी गार्डका रुपमा कार्यरत कार्यरत धनबहादुरको एक महिनाअघि हृदयघातका कारण मृत्यु भएको थियो ।
कानूनी प्रक्रिया पूरा गरेर उनको शव नेपाल पठाउन १५ दिन लागेको थियो । कम्पनीले मृतकले पाउनु पर्ने झन्डै १ लाख २० हजार रुपैयाँ परिवारलाई पठाइसकेको छ ।