जेठ दोश्रो साता इलाममा टोलकपको तेस्रो संस्करण

football ilam 20
फाइल तस्विर

राम योङ्हाङ

इलाम : विगत दुई वर्षदेखि इलाममा सञ्चालन हुँदै आएको टोलकप फूटबल प्रतियोगिताको तेश्रो संस्करण यसै साता सुरु हुने भएको छ ।

क्लब ओएसीस इलामको आयोजनामा जेठ ८ देखि १५ गतेसम्म फूटबल प्रतियोगिता सञ्चालन हुने आयोजक क्लब ओएसीसका अध्यक्ष डा. च्यान्द्रु लिम्बूले नयाँ बुलन्दलाई जानकारी दिए ।

सदरमकामस्थित ठूलो टुँडीखेलमा सञ्चालन हुने प्रतियोगितामा इलाम नगरपालिका भित्रका आठ देखि १० टिमको सहभागिता रहने उनले बताए । प्रतियोगितामा नगरपालिका बाहिरका टिमले भने सहभागी हुन पाउने छैनन् ।

प्रतियोगिताका विजेता टिमले नगद २० हजार रुपैयाँ सहित ट्रफि, मेडल र प्रमाणपत्र तथा उपविजेता टिमले नगद १२ हजार सहित ट्रफि, मेडल र प्रमाणपत्र पाउनेछन् । त्यस्तै उत्कृष्ठ खेलाडी र सर्वाधिक गोलकर्तालाई पनि ट्रफि र प्रमाणपत्र प्रदान गरिने डा. लिम्बूले जानकारी दिए ।

प्रतियोगिता सञ्चालनका लागि करिब एक लाख खर्च लाग्नेछ । त्यसका लागि प्ले टुगेदर हङकङबाट १० हजार सहयोग प्राप्त भएको छ । बाँकी रकम अन्य खेलप्रेमी व्यक्ति तथा संघसंस्थाबाट संकलन गरिने अध्यक्ष लिम्बूले जनाए । दुई वर्ष अघि केही जुझारु युवाहरुको समूहबाट गठित क्लब ओएसहीस गत वर्ष जिल्ला प्रशासनमा आधिकारिक रुपमा दर्ता भएको क्लब हो ।

क्लबका अध्यक्ष डा. लिम्बू युवाहरुलाई कुलतमा फस्नबाट बचाई सामाजिक काममा लाग्न उत्प्रेरित गर्ने उदेश्यले वर्षेनी खेलकुदको आयोजना गर्ने गरिएको बताउँछन् । ‘खेलको माध्यमबाट युवाहरुमा एक आपसमा मित्रता, सद्भाव र एकताको भावनामा वृद्धि हुनका साथै शारिरीक र मानसिक विकास समेत हुने गर्दछ’ लिम्बू भछन् ‘खेलकुदले विशेषगरी युवावर्गलाई गलत ट्«याकमा जान नदिन समेत भूमिका निर्वाह गर्नेछ ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार