संघीय गठबन्धनका माग गम्भीरतापूर्वक सम्बोधन गर्ने : तीन दल

संघीय गठबन्धनका माग गम्भीरतापूर्वक सम्बोधन गर्ने : तीन दल

नयाँ बुलन्द

काठमाडौं : संघीय गठबन्धनको नेतृत्वमा काठमाडौं केन्द्रित आन्दोलन शुरु भएपछि सत्तारुढ दुई दल र प्रतिपक्षी दलले गठबन्धनका माग सम्बोधन गर्ने गम्भीर तयारी गरेको जनाएका छन् ।

एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको पहलमा एमाले, एमाओवादी र कांग्रेसबीच आज वार्ता भएको हो । वार्तामा संघीय गठबन्धनले उठाएका मागहरु गम्भीरतापूर्वक सम्बोधन गर्ने समझदारी बनाइएको जानकारी एमाओवादीका नेता गोपाल किरातीले बताएका छन् ।

सरकारले आह्वान गरेको वार्ता बहिष्कार गरेको मधेसी मोर्चासमेत सम्मिलित संघीय गठबन्धनले सत्तापक्ष र विपक्षले देखाएको चासो र पहललाई कसरी लिने हो, स्पष्ट भएको छैन ।

काठमाडौंको सिंहदरबारलाई केन्द्रमा राखेर हिजोदेखि थालिएको आन्दोलनलाई ध्यानमा राखेर वार्ता र समझदारीका सत्तापक्ष र विपक्षबीच सहमति गरिएको हो । इसमताबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार