एकै परिवारका १५ जनाको दुर्घटनामा मृत्यु

हैदरावाद : मन्दीर जान लागेका एकै परिवारका १५ जनाको दुर्घटनाम परि ज्यन गएको छ । भारतको महाराष्ट्रमा ट्रक र अटो ठोक्किँदा भएको दुर्घटनामा मर्नेमा ७ बालबालिका र ५ महिलासमेत छन्।

ग्राभेल बोकेको तीब्र गतिमा कुदेको टिपरले १८ जना यात्रु बोकेर गइरहेको अटोलाई ठक्कर दिएको अदिलावाद जिल्लाका प्रहरी सुपरिटेन्डेन्ट तरुण जोशीले जानकारी दिए।

१४ जनाको घटनास्थलमै र एकको अस्पताल लैजाँदा लैजाँदै मृत्यु भयो। छिमेकी जिल्ला निजामवादको अस्पतालमा तीन घाइतेलाई लगिएको छ। जोशीका अनुसार मन्दिर जानका लागि परिवारले अटो भाडामा लिएका थिए। एजेन्सी

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार