पाँचथरमा युवा कप जेठ १ देखि

नयाँ बुलन्दpatrakar sammelan

पाँचथर : पाँचथरको फिदिममा युवा कप भलिवल प्रतियोगिता हुने भएको छ । नेकपा एमालेको जनवर्गीय सङ्गठन युवा संघ नेपालले २६ औँ स्थापना दिवसको अवसरमा युवा कप भलिवल प्रतियोगिता आयोजना गर्ने भएको हो ।

मंगलबार फिदिममा पत्रकार सम्ममेलन गरी संघकी अध्यक्ष बाबा मेन्याङ्बोले बताइन् । प्रतियोगितामा जिल्लाका विभिन्न गाविसबाट टिम सहभागी हुने उहाँको भनाई छ । मंगलबारसम्म १० टिम सम्पर्कमा आएको र भोली सम्म टिम दर्ता गर्ने अवधि रहेकाले बढ्न सक्ने बताइएको छ ।

जिल्लाकै सर्वाधिक राशीको भलिवल प्रतियोगिताको उद्घाटन जेठ १ गते एमाले केन्द्रिय कमिटि सदस्य तथा पूर्व सामान्य प्रशासन राज्यमन्त्री डम्बरसिं सम्बाहाम्फेले गर्नु हुने कार्यक्रम तय भएको संघले जनाएको छ । प्रतियोगिताका विजेताले नगद ५० हजार र उविजेताले २५ हजार नगद सहित ट्रफी र मेडल प्राप्त गर्ने अध्यक्ष मेन्याङ्बोले बताइन् ।

प्रतियोगितामा विद्यालय र क्याम्पसबाट पनि टिम सहभागी हुन सक्ने बताइएको छ । टिमको सहभागिताका लागि फिदिम नगरपालिका सहित जिल्लाका अन्य गा।वि।स।मा पनि परिपत्र गरिएको संघका सचिव लीलाराज तुम्बापोले जानकारी दिए । प्रतियोगिताको फाइनल ३ गते मदन–आश्रित स्मृती दिवसको दिन गर्ने र समापन समारोहमा युवा संघका केन्द्रिय उपाध्यक्ष टेण्डी शेर्पाको उपस्थिती रहने उनकोे भनाई छ ।

लोप हुन लागेको भलिवल खेलको विकासका लागि पनि संघले भलिवल प्रतियोगिताको आयोजना गर्न लागेको संघले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार