गर्मीमा के के खानाले फाइदा हुन्छ ?

गर्मीमा मकै पोलेर अथवा उसिनेर खानु कतिपयलाई त्यति रमाइलो नलाग्न सक्छ । तर, मकैमा लुटेन र जेक्सानथिन नामक अक्सिडेन्ट्स पाइन्छन् । जसले सूर्यका हानिकारक विकिरणबाट आँखालाई जोगाउने गर्छ । साथै यसले बुढ्यौलीका कारण आँखा कमजोर हुने समस्यालाई पनि कम गर्छ । मकैले शरीरलाई ऊर्जा प्रदान गर्ने कुरा त छँदै छ ।

गोलभेँडामा लाइसोपेन नामक तत्व पाइन्छ । यसले घामको रापबाट छालालाई डढ्नबाट जोगाउँछ ।
image

अर्को एउटा अनुसन्धानले एक कप गाजरको जुस १० देखि १२ हप्तासम्म नियमित खाने मानिसको छालामा घाममा पाइने विकिरणले हानि पु¥याउने जोखिम ५० प्रतिशत कम भएको पत्तालगाएको थियो ।

शरीरमा डिहाइड्रेसन भयो भने दिमाग बोधो हुने मुड ठीक नहुने समस्या हुन्छ । गर्मीमा पिसाब र पसिनामार्फत शरीरमा रहेको पानी बढी मात्रामा निकास हुने भएकाले पानीको मात्रा बढी भएको खरबुजाजस्ता फलफूल नियमित खाने प्रयास गर्नुपर्छ । खरबुजामा छालालाई घामको विकिरणबाट जोगाउने तत्वसमेत भएकाले गर्मीमा यो ज्यादै उपयोगी हुन्छ । खरबुजामा क्यालोरीको मात्रा कम हुने भएकाले खरबुजा बढी खानाले मोटाइएला भन्ने चिन्ता पनि हुँदैन ।

गर्मीमा प्रशस्त पानी पिइएन भने डिहाइड्रेसन हुन्छ । शरीरका नसा र कोशिकाहरूलाई पानीले सिंचित गरिराख्न शरीरमा पानीको मात्रा कम हुन दिनु हुँदैन । गर्मीमा यसतर्फ अझ चनाखो रहनुपर्छ । यसका लागि प्रतिदिन न्युनतम तीन लिटर पानी पिउने गर्नुपर्छ ।

खानामा हरेक दिन दही समावेश गर्नु गर्मीमा ज्यादै उपयोगी हुन्छ । यसले शरीरलाई शीतल राख्ने गर्छ । साथै, शरीरलाई डिहाइड्रेट हुनबाट समेत जोगाउँछ ।

काँक्रोमा सिलिकाजस्ता तत्व पाइन्छन् । जसले गर्मीमा छालालाई स्वस्थ बनाउने गर्छन् । साथै, यसमा फाइबर, पोटासियम र म्याग्नेसियम पनि प्रशस्त पाइन्छन् । काँक्रोमा पानीको मात्रा बढी पाइने भएकाले यसले शरीरलाई डिहाइड्रेट हुनसमेत दिँदैन । तसर्थ, गर्मीमा खानासँगै काँक्राको सलाद नछुटाउनु ज्यादै लाभदायक हुन्छ ।
–एजेन्सी

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार