२० बिरामीलार्इ काठमाडौं बोलाइयो

Dr. Prabhu Shaha at ilam hospitalनयाँ बुलन्द

इलाम : इलामका बीस मुटुरोगीलाई काठमाण्डौं बोलाइएको छ । करुणा फाउण्डेसन इलामले आयोजना गरेको मुटुरोगीका लागि निशुल्क स्वाथ्य शिविरमा आएका २० जनालाई परिक्षणका लागि काठमाण्डौं बोलाएको करुणा फाउण्डेसले जनाएको छ ।

बिरामीले काठमाण्डौं जानेआउने खर्च आफैले बेहोर्नु पर्ने छ भने परिक्षण निशुल्क गरिने छ । उनीहरुलाई काठमाडौंमा रहेको मनमोहन कार्डियो भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरले परिक्षण पछि उपचार गर्ने भएको छ । उपचारका लागि सरकारी सेवा सरह निशुल्क गरिने छ । उपचारका क्रममा एक वर्षदेखि १५ वर्ष मुनी र ७५ वर्ष भन्दा माथि उमेर भएकालाई पूर्ण निशुल्क गरिने छ । १५ वर्षदेखि ७५ वर्ष उमेर बीचकालाई भने उपचारमा एक लाख छुट हुने सरकारी नियम छ ।

चार सय २६ जनाले स्वाथ्य परिक्षण गरेको शिविरमा एक सय २० जनाले मुटुको इको (मुटुको भिडियो एक्सरे गर्नुपर्ने देखिएको छ । यस्तै शिविरमा आएका ९० प्रतिशतको भने उच्च रक्तचाप देखिएको छ । एकसय भन्दा बढीकइको, दुई सय भन्दा बढीको मुटुको इसिजी तथा तीन सय भन्दा बढीलाई निःशुल्क औषधी वितरण गरिएको करूणा फाउण्डेशन नेपालका कार्यक्रम निर्देशक योगेन्द्र गिरीले जानकारी दिए ।

इलाम अस्पतालमा भएको शिविरमा मुटुरोग विशेषज्ञ प्राध्यापक डाक्टर भगवान कोइरालासहितको १२ जना चिकित्सकहरूको टोलीले सेवा दिएका थिए । शिविरमा इको, इसीजी, मुटुपरीक्षण गरी औषधी वितरण गरिएको थियो ।

शिविर सञ्चालन गर्न आवश्यक उपकरण, डाक्टर, औषधि, यातायात टूान्सप्लान्ट सेन्टरले नै व्यवस्था गरेको थियो । स्थानीय स्तरमा जिल्ला जन स्वाथ्य कार्यालय, जिल्ला अस्पताल र उद्योग वाणिज्य संघ इलामको सहयोगमा शिविर सम्पन्न गरिएको छ ।

शिविरमा इलामसहित पाँचथर र ताप्लेजुङ्गका विरामीहरूले स्वास्थ्य जाँच गराएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार