नयाँ बुलन्द
इलाम : चट्याङले लागेर इलाममा एक जनाको ज्यान गएको छ ।
वर्षासँगै अाइतबार दिउँसो परेको चट्याङले लागेर साँखेजुङ–५ की ५१ वर्षीया लीलादेवी राईको ज्यान गएको प्रहरीले जनाएको छ ।
घरमै बसिरहेका अवस्थामा चट्याङले लागेर घाइते भएकी राईलाई उपचारका लागि इलाम अस्पताल ल्याउने क्रममा बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रुद्र चुँडालले जानकारी दिए।
यस्तै चट्याङ लागेर इलाम नगरपालिका–७ महभिरका ३१ वर्षीय मिलन विश्वकर्मा घाइते भएका छन् । उनको जिल्ला अस्पताल इलाममा उपचार भइरहेको प्रहरीले जनाएको छ।






















































