मलेसियामा नेपालीका लागी कानुन व्यावासायी

नयाँ बुलन्द

मलेसिया : मलेसियामा अध्यागमन कानुनको अवज्ञा गरेको वा अन्य अपराध गरेको कारणले मलेसियाको जेल तथा डिटेन्सन क्याम्पमा रहेका नेपाली श्रमिकको तर्फबाट वकालत गर्न यहा स्थीत नेपाली राजदूतावासले एक वर्ष अवधीको लागि कानुन व्यवसायीको व्यवस्था गरेको छ । दुतावास स्रोतका अनुसार मलेसियाको ’अब्दुल गनि चे मान एण्ड को’ (ल र्फम) सँग सम्झौता गरिएको हो ।
मलेसियामा रहेका नेपालीलाइ कानुनी लडाइ लडन सहज होस भनेर नेपाली दुतावासले कानुन व्यावसायीको व्यावस्था गरेको हो । यो सुविधा नहुदा कानुनी अडचनकै कारण धेरै नेपाली मलेसियाका जेलमा कष्टकर जिवन विताउन वाध्य वनेका थिए ।
यो सेवा लिन पिडीत पक्षवाट नेपाली दुतावासमा निवेदन दिनु पर्ने र मुद्धाको अवस्था हेरेर नेपाली दुतावासले कानुनी सहायताका लागी सहयोग गर्ने भएको छ । यसरी मलेसियामा रहेको नेपाली दुतावासले पहिलो पटक यहाको स्थानिय ‘ल फर्म’संग पहिलो पटक सम्झौता गरेको हो । नेपाली दुवावास मलेसियामा १३ वर्ष अघि स्थापना भएको हो ।
दुतावास संग कानुन व्यावसायी नहुदा समान्य ‘केस’मा नै समस्यामा परेका नेपाली लाइ कानुनी सहायता दिन सकिएको थिएन । यसका लागी मलेसियामा रहेका अन्य श्रमीक का मुद्धा हेर्ने संस्था संग सहयोग माग्नु पर्ने अवस्था रहेको थियो ।
कानुनी सेवा उपलब्ध नहुँदा कतिपय नेपाली अनाहकमा महिनौंसम्म समस्यामै अल्झनुपर्ने बाध्यता रहँदै आएको छ ।

अब मुद्दाका प्रकृति हेरि अब उक्त कम्पनीका वकिलले पीडित नेपालीलाई कानुनी सेवा प्रदान गर्ने नेपाली दुतावास मलेसिया द्धारा जारी विज्ञप्तीमा जनाइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार