तरुण दलले बनायो १०१ सदस्यीय प्रचारप्रसार समिति

0
151

नयाँ बुलन्द

इलाम : नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दल इलामले आसन्न प्रतिनिधि र प्रदेश सभाको निर्वाचनको प्रचार-प्रसारका लागि १ सय १ सदस्यीय समिति गठन गरेकोछ ।

तरुणदल जिल्ला अध्यक्ष नरेश श्रेष्ठको अध्यक्षतामा बसको बैठकले श्रेष्ठकै संयोजकत्वमा निर्वाचन प्रचार-प्रसार समिति गठन गरेको हो । समितिमा तरुणदल जिल्ला कार्य समितिका पदाधिकारी, नगर पदाधिकारी, क्षेत्रीय दाधिकारी, महाधिबेसन प्रतिनिधि, साविक गाउँ बिकास समितिका वडा अध्यक्षहरु रहेका छन् ।

उक्त भेलाले श्रेष्ठकै अध्यक्षतामा २५ सदस्यीय अनुगमन समिति बनाएको छ । समितिले २ प्रतिनिधि र ४ प्रदेशसभा निर्वाचन क्षेत्रमा समिति बिस्तार गरी कार्यक्रम गर्ने छ । अध्यक्ष श्रेष्ठले निर्वाचनको समय नजिक भएकाले तत्काल प्रशिक्षण लगायतका कार्यक्रम गरीने बताए । उनले माउ पार्टी काग्रेसलाई इलामका सबै ठाउँमा बिजयी गाराउन तरुण दल आजैबाट लागि परेको बताए ।

एक उत्तर छोड्न

Please enter your comment!
Please enter your name here