इलाममा बाम गठबन्धनले उम्मेदवार टुङ्गो  लगायो

0
202

नयाँ बुलन्द

इलाम : नेकपा (एमाले)नेकपा (माओवादी केन्द्र) को वाम गठबन्धनले इलामबाट प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि आफ्नो उम्मेदवार टुङ्गो लगाएको छ ।

प्रतिनिधिसभा सदस्यका लागि दुईवटा निर्वाचन क्षेत्र रहेका इलममा दुवै क्षेत्रमा गठबन्धनका तर्फबाट एमालेले उम्मेद्वार उठाएको छ । क्षेत्र नम्बर १ बाट एमालेका बरिष्ठ नेता झलनाथ खनाल र क्षेत्र नम्बर २ बाट पूर्व सभामुख तथा एमाले नेता सुबासचन्द्र नेम्वाङ चुनावी मैदानमा उत्रिएका छन् ।

यसैगरि प्रदेशसभा सदस्यका लागि गठबन्धनका तर्फबाट तीनवटा क्षेत्रमा एमाले र एउटामा माओवादी केन्द्रले उम्मेद्वार उठाएको छ ।  क्षेत्र नम्बर १ को (१) मा एमालेकी नेतृ खिनु लङ्वा लिम्बु, १ को (२) मा एमालेका काजीमान कागते रहेका छन् । यस्तै क्षेत्र नम्बर २ को (१) मा एमालेका .रामबहादुर राना र क्षेत्र नम्बर २ को (२) मा माओवादी केन्द्रका धिरेन शर्मा (रमण) रहका छन् ।

 

एक उत्तर छोड्न

Please enter your comment!
Please enter your name here