इलाममा माइक्रो दुर्घटना, १४ जना घाइते (घाइतेको विवरणसहित)

0
681

नयाँ बुलन्द

इलाम : इलामममा गएराती भएको हायस माइक्रो दुर्घटनामा परी १४ जना घाइते भएका छन् । घाइतेमध्ये ७ जना गम्भीर रहेको प्रहरीले जनाएको छ ।

घाइतेहरुमा काठमाण्डौका ५२ वषीय किशोर खनाल, तनहु भिमात १ का ३८ वर्षीय नवराज लम्साल, काब्रे ९ का ३९ वर्षीय विष्णुमान जैला, काठमाण्डौ बागेश्वरीका ३५ वर्षीया जुहारिका घोरासैनी, हेटौडा ५ का ५१ वर्षीय विनोदकुमार पुढासैनी, बाग्लुङ्ग ११ का ३५ वर्षीय कमल पराजुली, काठमाण्डौ चन्द्रागिरी नगरपालिका १४ का ४१ वर्षीय अशोककुमार कार्की रहेका छन् ।

यस्तै काठमाण्डौ कपन ११ का ५३ वर्षीय मेहरमान गुरुङ्ग, सिन्धुपाल्चोक बेलेथी.७ का ५१ बर्षीय फलकप्रसाद पराजुली, काभ्रेपलान्चोक पनौति ११ का ४५ वर्षीय विनोद गिरी, काठमाण्डौ महानगरपालिका १५ का ३३ वर्षीय प्रभाष सिंह, ललितपुर २३ का ५१ वर्षीय रिद्धिकुमार जोसी, काठमाण्डौ बुढानिलकण्ठ १ का ४१ वर्षीय बासुदेव भण्डारी र काठमाण्डौ ताराकिशोर १० का ४८ वर्षीय ऋषिराम खत्री रहेका छन् ।

अधिकांश घाइतेको टाउकोमा चोट लागेको प्रहरीले जनाएको छ । घाइतेमध्ये ११ जनाको झापाको बिर्तामोडस्थित बिएन्डसी अस्पतालमा उपचार भइरहेको छ ।

बाँकी २ जना सामान्य छन् । चालक इलाम नगरपालिका–८ का जितबहादुर राईसमेत घाइते भई स्थानीय मेडिकलमा उपचाररत रहेको जिल्ला प्रहरी कार्यलय इलामका प्रहरी हवल्दार विजय राईले जानकारी दिए ।

काठमाडौंबाट इलामतर्फ आउँदै गरेको बा ४ ख ६३५७ नम्बरको हायस माइक्रो राती ११ बजे मेची राजमार्गस्थित गोदकमा दुर्घटनामा परेको थियो ।

गोलाईमा अनियन्त्रित भई माइक्रो इलाम नगरपालिका–१०, गोदकको धजेडाँडामा सडकबाट करिब ५० मिटर तल झरेको थियो । दुर्घटनामा भएको माइक्रोमा काठमाडौंबाट नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारी भ्रमणका लागि इलाम आउँदै थिए ।

एक उत्तर छोड्न

Please enter your comment!
Please enter your name here