१६ औं राष्ट्रिय विभूति महागुरु फाल्गुनन्दको जन्मजयन्ती मनाइने

0
105

कृष्णओझा

पाँचथर : १६ औं राष्ट्रिय विभूति महागुरु फाल्गुनन्दको १३३ औं जन्मजयन्ती विश्व किरात महासंघको संयोजनमा चार संस्थाहरुले संयुक्त रुपमा भब्य रुपमा मनाउँने भएका छन् ।

महागुरु फाल्गुनन्दको कर्मभूमि तथा किरात समाज सुधारको लागि उनले सात बुँदे सत्यधर्म मुचुल्का घोषणा गरेकोेस्थल लब्रेकुटिमा संयुक्त रुपमा जन्मजयन्ती मनाउँन लागिएको हो ।

विश्व किरात महासंघको संयोजनमा सुम्जिरी सुम्हा?लुङ आम्बेपज? संरक्षण एवं विकास प्रतिष्ठान, महागुरु फाल्गुनन्द अध्ययन तथा संरक्षण प्रतिष्ठान, किरात धर्म संरक्षण समिति र १७ थुम गोश्वारी मन्दिर संरक्षण तथा सम्बद्र्धन समितिले संयुक्त रुपमा कार्यक्रम गर्न लागेका हुन् ।

लब्रेकुटिमा आगामी कार्तिक २५ गते महागुरुको विशेष जन्मजयन्ती मनाउँन लागिएको हो । फाल्गुनन्द जन्मजयन्तीलाई किरात समुदाय लगायत अन्य समुदायहरुको समेत साझा पर्वको रुपमा विकास गर्ने उदेस्यले संयुक्त रुपमा कार्यक्रम गर्न लागिएको १७ थुम गोश्वारी मन्दिर संरक्षण तथा सम्बद्र्धन समितिका महासचिव नवीनचन्द्र तुम्बापोले बताए ।

एक उत्तर छोड्न

Please enter your comment!
Please enter your name here