लिवि मञ्‍चको नाम्लिङगेक-लारिङगेक समापन

0
131

अतित योङहाङ

इलाम : येले तङबे ५०७७, वलिहाङ तङनाम २०७४ को अवसरमा लिम्बू विद्यार्थी मञ्‍च इलामले आयोजना गरेको नाम्लिङगेक-लारिङगेक (देउसी भैलो कार्यक्रम २०७४) को समापन गरिएको छ ।

शनिबार इलामको  जितपुरमा कलाकारहरुलार्इ प्रशसां-पत्र वितरण गर्दै औपचारिक रुपमा समापन गरिएको हो । गत २ कात्तिकदेखि जितपुरबाट सुरु गरिएको नाम्लिङगेक-लारिङगेक धुसेनी हुँदै ७ कात्तिकमा बरबोटेके बिब्ल्याँटे बजारमा सम्पन्न थियो ।

लिम्बू विद्यार्थी मञ्चका संयोजक शिव थेगिमको अध्यक्षता र मञ्चका केन्द्रिय सदस्य ताराविर मोरोहाङ लिम्बुको प्रमुख आातिथ्यतामा सम्पन्न कार्यक्रममा केन्द्रिय सदस्य गुल्सन आङबुहाङको विशेष आातिथ्यता रहेको थियो । कार्य्रक्रममा पूर्व केन्द्रिय सदस्य हेमराज लिम्बू, जितपुरका स्थानीय युवाहरु चक्र मोरोहाङ, छत्र नेम्बाङ, खेशेहाङ लिम्बू, स्थानीय बुद्धिजीवि झरेन्द्रबहादुर लिम्बूको समेत उपस्थिति रहेको थियो ।

कार्यक्रम सफल पार्नका लागि  केन्द्रिय सदस्यहरु राम लिङदम, ताराविर लिम्बू, गुल्सन आङबुहाङ, पूर्व केन्द्रिय सदस्य हेमराज लिम्बूले समेत साथ दिएका थिए । त्यस्तै विशेष कलकारको रुपमा  गायन विधाका सूर्य मोरोहाङ लिम्बू (पूर्वाञ्चल स्टार सेकेन्ड रनरअप), सुमित्रा थेगिम लिम्बू (राइजिङ स्टार सिजन-२ का पाँचौ हुन सफल प्रतियोगी) ले आआफ्नो प्रतिभा प्रस्तुत गर्दै साथ दिएका थिए ।

त्यस्तै  हाँस्य कलकार सनोज लिम्बूले पनि साथ दिएका थिए । नृत्यकार  कलकारहरु पेबेहाङ माबो, सुस्मा मोरोहाङ, शुकराज फत्र लिम्बु, आशमाया चेम्जोङ, जर्जविक्रम मोरोहाङ, सुस्मा माबो, मिम्साम मोरोहाङ, मिना माबो, धनाहाङ माबो, सुमन खजुम लिम्बुले सहयोग गरेका थिए । नृत्यको निर्देशन भने दिनेश लिम्बू र मनोज लिम्बूले गरेका थिए ।

एक उत्तर छोड्न

Please enter your comment!
Please enter your name here