पर्यटन विकासका लागि बिटीडिसी गठन, अध्यक्षमा हरि

0
80

नयाँ बुलन्द

इलाम : इलाम नगरपालिका क्षेत्रमा रहेका पर्यटकीय स्थलहरुको प्रवद्र्धन गर्ने हेतुले २ महिना अगाडीदेखि स्वतस्फुर्त रुपमा भाुलुढुङ्गा क्षेत्रमा काम गरिरहेका युवाहरुले औपचारिक रुपमा समिति गठन गरेका छन् ।

समिति गठन गर्न अघिनै भालुढुङ्गा क्षेत्रका जङ्गलका रुखहरुमा रङ्ग चुना गर्ने काम, साईन बोर्ड राख्ने काम, निशुल्क इन्टरनेट सेवाको शुरुवात तथा सामाजिक सञ्जालमा सो को प्रचार गर्ने कामहरु सो समुहले सम्पन्न गरिसकेका छन् ।

शनिवार भालुढुङ्गामा भेला भएकाहरुले हरि गुरुङको अध्यक्षतामा २७ सदस्सीय एकिकृत ओपिधारा, चियाबारी, भालुढुङ्गा क्षेत्र पर्यटन प्रबद्र्धन विकास समिति (बिटीडिसी) गठन गरेका हुन् । समितिको उपाध्यक्षमा रजिन खड्का, द्वितिय उपाध्यक्षमा हर्कमाया राई, सचिवमा डम्बर गुरुङ, सह सचिवमा अरुण गुरुङ, कोषाध्यक्षमा प्रविनकुमार श्रेष्ठ र सहकोषाध्यक्षमा सुष्मा कँडेल रहेका छन् ।

समितिका सदस्यहरुमा भुषान्त सुब्बा, बुद्धिमान राई, तिर्थ जबेगु, तोयानाथ ढकाल, प्रशान्त गिरी, पार्वता सिञ्च्युरी, अम्बरबहादुर श्रेष्ठ, उदय गुरुङ, धर्मबहादुर पराजुली, अभिनारायण विश्वकर्मा, अर्जुन गुरुङ, तिलक श्रेष्ठ, कमला गुरुङ, कपिल कोईराला, रमेश बस्नेत, हेमराज ढकाल, लालुमाया मगर, सुरेन बान्तवा, कृष्ण श्रेष्ठ र उर्मिला राई रहेको समितिले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ, ‘समितिले भावी दिनमा सो क्षेत्रका घरहरुमा अग्र्यानिक तरकारी खेतीको पकेट क्षेत्रको रुपमा विकास गर्ने, त्यहाँ रहेका घरहरुमा होमस्टे सञ्चालन गर्ने, सो क्षेत्रमा घोडसवारको व्यवस्था तत्कालै गर्ने, साँस्कृतिक पहिरनमा तस्विर खिचाउने, भाुलुढुङ्गामा दुरविन राख्ने लगायतका कार्यहरु अघि बढाई सो क्षेत्रको पर्यटन गुरु योजना तयार गरि योजना बमोजिम कार्यहरु अघि बढाउने लक्ष राखेको जानकारी गराउँदै सो क्षेत्रको पर्यटन विकासका लागि सञ्चारमाध्ययमा रहनुभएका सम्पूर्ण अधिकारीहरुलाई सो क्षेत्रको विकासको लागि समेत कलम चलाईदिन हुन अनुरोध गर्दछु ।’

‘औपचारिक रुपमा समिति गठन गरेर का मगर्न सुझाव आएकोले समिति गठन गरिएको हो,’ समितिका अध्यक्ष हरि गुरुङले भने ।

एक उत्तर छोड्न

Please enter your comment!
Please enter your name here