सालनालसहित फालिएको शिशु भेटियो

0
249

नयाँ बुलन्द

इलाम : आइतबार बिहान इलाममा सालनालसहितको एक बेबारिसे मृत शिशु फेला परेको छ । भर्खरै जन्माएर फालिएको शिशुको शव इलाम नगरपालिका–७ सिलिखानमा सडक नजिकै झाडीमा फेला परेको हो ।

घाँस काट्न गएका एक स्थानीयले फालिएको शिशु भेटेपछि प्रहरीलाई खवर गरको थिए । प्रहरीले कानुनी प्रक्रिया पुरा गर्दैसो शिशुको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताललाई बुझाएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । शिशु छोरा रहेको प्रहरीको भानई छ ।

अनैतिक सम्बन्धबाट गर्भ रहेका महिलाले नजिकै कतै जन्माएर सो ठाउँमा फालिएको हुन सक्ने प्रहरीको अनुमान छ । शिशु बिहानै मात्र जन्मिएको प्रहरीको भनाई छ । शिशु फाल्ने महिलाको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

एक उत्तर छोड्न

Please enter your comment!
Please enter your name here