रेडस्टारले दियो अग्‍नीपीडितलाई जस्तापाता

0
222
आगलागीबाट क्षतिग्रस्त कुमार श्रेष्ठको घर ।

नयाँ बुलन्द

इभाङ : माङसेबुङ गाउँपालिका-२, इभाङका एक अग्‍नीपीडित परिवारलाई  स्थानीय रेडस्टार क्लबले जस्तापाता उपलब्ध गराएको छ ।

आगलागीबाट घरबारविहीन कुमार श्रेष्ठको परिवारलाई क्लबले १८ हजार मुल्यको चार बण्डल जस्तापाता उपलब्ध गराएको हो । शनिबार आयोजित कार्यक्रमा क्लबका अध्यक्ष मदन राई र माङसेबुङ-२ का वडा अध्यक्ष पुष्पराज कार्कीले संयुक्त रुपमा श्रेष्ठको परिवारलाई जस्तापाता उपलब्ध गराएको हो ।

गत २४ भदौमा विद्युत सर्ट भई भएको आगलागीबाट श्रेष्ठको घर पूर्ण रुपमा क्षति भएको थियो । स्थानीयबाट संकलित राहत रकम र सहयोगबाट श्रेष्ठले व्यवहार चलाउँदै आएका छन् ।

आगलागीबाट पीडित परिवारलाई राहत हवस् भनेर  थोरै भए पनि सहयोग गरेको क्लबले जनाएको छ । खेलकुद तथा विभिन्‍न सामाजिक-सा‌ंस्कृतिक विकास गर्ने उद्देश्यले गतवर्ष स्थापित रेडस्टार क्लबले विभिन्न सामाजिक काममा सक्रियता देखाउन थालेको छ ।

एक उत्तर छोड्न

Please enter your comment!
Please enter your name here